Samriddhipost
२०८१ असोज १९ गते शनिबार
महेन्द्रनगर
२०८१ असोज १८ गते शुक्रबार

कामको सम्मान गर्दै भीमदत्त नगरले गर्यो सवारी चालकलाई सम्मान

कञ्चनपुरको भीमदत्त नगरपालिकाले सवारी चालक तथा सह–चालकहरुलाई सम्मान गरेको छ । शुक्रवार भीमदत्त नगरपालिका–०४ महेन्द्रनगर बसपार्कमा एक कार्यक्रमका बिच लामो दुरीका सवारी चालक, सह–चालकलाई सम्मान गरिएको हो । लियो जिल्ला परिषद् ३२५‘एन’ नेपालको सहकार्यमा भीमदत्त नगरपालिकाले चाँड, पर्व, घर परिवार र आफ्नो प्रवाहा नगरी सावरी चाकल, सह–चालकहरुले यात्रुहरुलाई उनिहरुको गन्तव्य सम्म पुगाउन आफ्नो पेशाप्रति प्रतिवद्ध भएर अवरात्र खट्ने भएकाले कामको सम्मान गर्दै चाकल सह–चाकलहरुलाई सम्मान गरिएको हो । लामो दुरीका ५० भन्दा बढी चालक सह–चालकहरुलाई नगरपालिकाले सम्मान गरेको छ । सो कार्यक्रम नगरपालिकाले केही दिन अगाडी गर्ने तयारी गरेको थियो ।

यद्यपी देशमा बाढी पहिरोमा परेर भएको मानविय क्षती र  देश राष्ट्रिय शोकमा डुबेको बेला सम्मान कार्यक्रम नगर्न भन्दैँ भीमदत्त नगरपालिकाका नगर प्रमुख पमद बोगटीले केही दिन स्थगित गर्न निर्देशन दिएका थिए  । स्थगित उक्त कार्यक्रम आज (शुक्रवार) सम्पन्न भएको हो । चाँड पर्वको समयमा पनि आफ्नो र घर परिवारको प्रवाहा नगरी यात्रुहरुलाई गन्तव्य सम्म पुगाउन सवारी चालक, सह–चालकहरुको महत्वपूर्ण योगदान रहेकोले उहाँहरुको कामको सम्मान गर्दै सम्मान गरिएको भीमदत्त नगरपालिकाका कार्यवाहाक नगर प्रमुख नीलम लेखक जोशीले बताइन् । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी निरिक्षक लक्ष्मण पचभैयाले चालक सह–चालकहरुलाई गरिएको उक्त सम्मानले आफ्नो कामप्रति उहाँहरुलाई थप जिम्मेवार बनाएको बताए ।

सवारी चालक, सह–चाकलहरुका कारण नै हामी हाम्रो गन्तव्य सम्म पुग्न पाएको लायन्स डिष्ट्रिक ३२५ एन नेपालका पिआरओ इन चिफ एमजेएफ लायन जगदिशचन्द्र भट्टले बताए । कार्यक्रममा महाकाली यातायात प्रा.ली.का अध्यक्ष डम्मर पन्तले नगरपालिकाले बसपार्कमा आएर यातायात मजदुरहरुको कामको मुल्याङकन गरी सम्मान गरेकोमा कृतज्ञता व्यक्त गरे । नगरपालकाले सम्मान गरेपछि सवारी चालक शम्भु नाथले खुशी व्यक्त गर्दै यो कार्यक्रमले मन खुशी भएको र यस्ता कार्यक्रम गरिरहनु पर्ने बताए । उक्त कार्यक्रमका अन्य वक्ताहरुले समेत चालक सह–चालकको कामको मुल्याङक गर्दै सम्मान गर्नु राम्रो कार्य भएको भन्दैँ काम सानो, ठुलो नहुने भएकोले सबै पेशाको सम्मान गर्नुपर्नेमा जोड दिए । भीमदत्त नगरपालिका–०४ का वडाध्यक्ष सुशिल भट्टको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा वडा प्रहरी कार्यालयका प्रमुख, यातायात प्रा.लीका अध्यक्ष एवम् प्रतिनिधि, नगर प्रहरी, भीमदत्त नगरपाकिलाका कर्मचारी, पत्रकार लगाएतको उपस्थिति रहेको थियो । नगरपालिकाले केही दिन अघि यात्रुहरुको स्वास्थ्य सुरक्षालाई मध्यउनजर गर्दै बसपार्कमा यात्रु स्वास्थ्य सहायता कक्ष (हेल्थ डेक्स) स्थापना गरेको थियो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>