Samriddhipost
२०८१ असोज १९ गते शनिबार
महेन्द्रनगर
२०८१ असोज १८ गते शुक्रबार

हात्ती आक्रमण बाट ज्यान गुमाएका राना परिवारलाइ सियफसिसिकाे सहयाेग

लालझाडी गाउँपालिका–४ डाँडाजाइमा हात्तीको आक्रमणमा परी मृत्यु भएका ५९ वर्षीय रामदल रानाको परिवारलाई राहत रकम उपलब्ध गरेको छ ।
सामुदायिक वन समन्वय समिति (सिएफसिसि) कञ्चनपुरका अध्यक्ष महेशदत्त जोशीले कंचन सामुदायिक वन उपभाेक्ता समुहका सदस्य समेत रहेका राना हात्ती आक्रमणमा परि मृत्यु भएपछि मृतककी श्रीमती चन्द्रावती रानालाई सामुदायिक वन समन्वय समिति (सिएफसिसि) कञ्चनपुरका अध्यक्ष महेश दत्त जोशीले घरमै पुगेर पच्चिस हजार नगद हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।  
समन्वय समितिमा आबद्ध संरक्षणकर्मीहरूले बनाएको कोषबाट राहत रकम उपलब्ध गरेको र सो कोषबाट अन्यलाई पनि नगद सहयोग गरिँदै आएको उहाँले बताउनुभयो । 
राहत रकम हस्तान्तरण गर्नुहुदै अध्यक्ष जोशीले लालझाडी जैविकमार्ग मासिदा हात्तीले प्रत्येक वर्ष मानवीय क्षति पुर्याउँदै आएको बताउनुभयो । उहाँका अनुसार हात्तीको आक्रमणमा परी हालसम्म यहाँ १२ जनाले ज्यान गुमाइसकेका छन् । 

वडाध्यक्ष बहादुर सिंह रानाले विसं २०६४ सालदेखि निरन्तर रूपमा हात्तीले बर्सेनि मानवीय, भौतिक क्षतिसँगै स्थानीय किसानको अन्नबालीमा नोक्सानी पुयाउँदै आएको बताउनुभयो । हात्तीको आक्रमणमा परी मृत्यु भएका परिवारलाई गाउँपालिकाका तर्फबाट सक्दो सहयोग गरिने बताउनुभयो ।
लालझाडी सव डिभिजन वन कार्यालयका प्रमुख करुणाकर जोशीले क्षतिपूर्ति वापतको रकम उपलब्ध गराउनका लागि कागजी प्रकृयामा सहयोग गरिने बताउनुभयो ।
 असोज १२ गते राति उखुबारीमा कुरुवा बसेका बेला जङ्गली हात्तीको आक्रमणमा परेर रानाको मृत्यु भएको थियो । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>