Samriddhipost
२०८१ असोज १९ गते शनिबार
महेन्द्रनगर
२०८१ असोज १९ गते शनिबार

कृष्णपुरकाे बहुआयामिक याेजना, बनमा फल, मसला, बेतबास र घाँस राेपेर अगाडि बढ्दै ।

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा रहेको एक सामुदायिक वनमा बहुआयामिक महत्वका वनस्पतिकाे खेती सुरु गरिएकाे छ । कृष्णपुर नगरपालिका १ दोमिल्लाको ऐश्वर्य सामुदायिक वनमा यस्ताे खेती गरिएको हो । 
स्थानीय सरकारले बहुआयामिक उदेश्यका साथ चुरेफेदमा रहेको ऐश्वर्य सामुदायिक वन क्षेत्रभित्र विभिन्न प्रजातिका फलफुल, मसला, बास बेत र उन्नत घास लगायतका बिरुवा रोपिएका छन । कृष्णपुर स्थानीय सरकारले उक्त सामुदायिक वनको क्षेत्रभित्र बेल, कागति, चिउरी, दालचीनी, बिजयसाल, बेत, बास र घासका प्लट बनाएर खेती गरेको छ । 


कृष्णपुर नगरपालिका प्रमुख हेमराज ओझाले वन पर्यावरण सरक्षणका साथै स्थानीयहरुलाई रोजगारीका कार्यक्रमा जोड्नका लागि सामुदायिक वनमा फलफुल खेतीको योजना ल्याएको बताए । मेयर ओझाले फलफुलका लागि सम्भावना रहेको उक्त सामुदायिक वनमा निःशुल्क बिरुवा वितरण गरिएको बताए । ‘हामीले वाणी सव डिभिजन वन कार्यालय मार्फत नर्सरी बनाएर उत्पादन गरेका फलफुल, मसला र घाँस लगायत प्रजातिका बिरुवा ऐश्वर्य सामुदायिक वनलाई वितरण गरेका थियौँ, त्यतिमात्रै होईन, बृक्षारोपणमा पनि सघाएका हौँ ।’ 
उक्त सामुदायिक वनमा २० हजार बेलका बिरुवा, २ हजार ५सय चिउरी, ७ हजार दालचिनी, १० हजार कागती, अमलाका साथै नेपियर घाँसका बिरुवा निःशुल्क उपलब्ध गराएको मेयर ओझाले बताए । ‘नगरको दोमिल्ला उत्तरी चुरे भेग मह पकेट क्षेत्रका लागि अत्यन्तै सम्भावना बोकेको क्षेत्र हो, ‘मेयर ओझाले भने, ‘हामीले त्यहाँ अहिले २५सय बिरुवा रोपेका छौँ, भावि दिनमा मह र अन्य जनावरका लागि समेत आहारा उत्पादन हुनेछ।’
दोमिल्ला क्षेत्र जंगली हात्ती प्रभावित भएकाले बेतबाँस र बेलखेती गरिएको मेयर ओझाले बताए । ‘स्थानीयलाई भावि दिनमा स्वदेशमै रोजगारी उद्यमका लागि पनि बेलखेती महत्वपूर्ण छ, ‘बेलबाट जुस सहित उपभोगका लागि सहज उपलब्ध हुनेछ ।’ खानाका परिकारमा हाल्नका लागि दानचिनीका बिरुवा समेत रोपिएका छन । कृष्णपुर नगरपालिका ५गुलरियाको हरियाली सामुदायिक वनमा समेत २० हजार बेदबाँसका बिरुवा रोपिएका छन । ५मै रहेको आयुर्वोद अस्पतालका लागि त्रिफला चुर्ण बनाउन हरडाे, बरडाे र अमलाको समेत खेति गरिएको बताए । मेयर ओझाले कृष्णपुर नगरपालिकालाई फलफुलदेखि विभिन्न मौलिक जटिबुटी उत्पादन गरेर एकातिर पर्यावरण स्वच्छ राख्ने अर्कातिर स्थानीय आम्दानीका कार्यक्रममा जोड्ने उदेश्य रहेको बताए । ऐश्वर्य सामुदायिक वनका कार्यालय सचिव दामोदर जोशीले पालिकाबाट निःशुल्क पाईएका बेल, कागती, अमला, बेदबाँस,चिउरी, दालचिनी, लगायतका बिरुवा झण्डै ६० हेक्टर जमिनमा उत्पादन गरिएको बताए । ‘हामीले झाँडी सफाई गरेर बिरुवा रोपेका छौँ, ‘उनले भने, ‘सबै बिरुवाको सरक्षण गर्दै भावि दिनमा पर्यावरणका साथै आम्दानी बृद्धिका कार्यक्रममा उपभोग गछौँ ।’ 
ऐश्वर्य सामुदायिक वनका अध्यक्ष ईन्द्र बुढाले स्थानीय कृष्णपुर सरकारले आफ्नो सामुदायिक वनभित्र फलफुलका बिरुवा रोपेर वन सरक्षणका साथै उपभोक्ताको आम्दानीका लागि ल्याएको योजनाले स्थानीय लाभान्वित हुने बताए । ‘वनभित्र लगाएको चिउरीले मौरीपालनदेखि जुस व्यवसायका लागि प्रत्यक्ष लाभ हुनेछ, ‘अध्यक्ष बुढाले भने, ‘पालिकाले ल्याएको योजनाले सामुदायिक वनबाट बहुपयोगी लाभ यसरी नै लिन सकिन्छ ।’ अध्यक्ष बुढाले पालिका सरकारले लगाएका बिरुवाको सरक्षण प्रर्बद्धन गर्ने बताए । कृष्णपुर स्थानीय सरकारले समेत पर्यावरण सरक्षणका साथै नगरबासी जनताको आर्यआर्जनका थप प्रभावकारी कार्यान्वयन ल्याउने प्रतिज्ञा गरेको छ । स्थानीय सरकारको उक्त योजनाप्रति स्थानीय नागरिक समेत खुसी देखिएका छन । स्थानीय रतनलाल धामीले स्थानीय सरकारले सामुदायिक वनमा ल्याएको फलफुलखेती योजनाले पर्यावरणदेखि व्यवसाय बृद्धिका कार्यक्रममा टेवा पुग्ने बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>