Samriddhipost
२०८२ फागुन ०५ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ असोज २० गते आइतबार

लालझाडीको देखतभुलिमा वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता हुने

लालझाडी गाउँपालिका वडा नं. ५ देखतभुली मा रहेको देखतभुली युवा समाजको आयोजनामा आउदो असोज २८ गते देखि वडा अध्यक्ष कप खुल्ला क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ। 

लालझाडी-५ वडा संगको समन्वयमा देखतभुली युवा समाजले आयोजना गर्ने क्रिकेट प्रतियोगिता पहिलोपटक आयोजना हुन गईरहेको र वडा भित्र रहेका क्रिकेट खेलाडीहरुलाई विशेष अवसर हुने देखतभुली युवा समाजका अध्यक्ष खेम सिह धामीले बताएका छन्। 

देखतभुलि युवा समाजका अध्यक्ष खेम सिह धामीले प्रतियोगिताको विजेता टिमलाई नगद रु ५१ हजार १ सय ५१ रुपैया सँगै ट्रफी, मेडल र प्रमाण पत्र तथा उपविजेता टोलीलाई रु २५ हजार ५ सय ५ रुपैया सहित ट्रफी, मेडल र प्रमाण पत्र दिइने बताएका छन्। 

प्रतियोगिताका उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सम्यान, बलर र फिल्डरलाई समेत पुरस्कृत गरिने आयोजक देखतभुली युवा समाजले जनाएको छ। खेल प्रतियोगिता सहभागी टिमले प्रवेश शुल्क ४ हजार ५ सय ५ रुपैया बुझाउनु पर्ने छ भने लालझाडी-५ स्थित देखतभुलि खेल मैदानमा सञ्चालन हुनेछ।  प्रतियोगिता बारे थप जानकारी लिनु परे आयोजक देखतभुली युवा समाजका अध्यक्ष खेम सिह धामी लाई (9763290493) मा सम्पर्क गर्नुपर्ने छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>