भारतसंग जोडिएको पश्चिमी सीमा नाका गड्डाचौकीमा सेरा र लिली तैनाथ गरिएका छन । कञ्चनपुरको भीमदत्त नगरपालिका ११ गड्डाचौकी नाकामा सेरा र लिली नामका कुकुर तैनाथ गरिएका हुन ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सोमबारदेखि गड्डाचौकी नाकामा कुकुर मार्फत चेकजाँच शुरु गरेको छ । नेपाल प्रहरीको कुकुर तालिम केन्द्र धनगढी मार्फत ह्याण्डल सहित आएको प्रहरीले जनाएको छ ।कञ्चनपुरका प्रमुख प्रमुख एसपी चक्रराज जोशीले भारतबाट लागु औषधदेखि पटाका सहितका बिस्पोटक पदार्थ भित्रिन नदिन दुई कुकुर परिचालन गरिएको बताए ।एसपी जोशीले चार्डवार्ड नजिकिएसंगै बाह्य मुलुकबाट लागु औषधदेखि बिस्पोटक पदार्थ भित्रिने जोखिम बढेकाले लागु औषध र पटाका सहितका बिस्पोट पदार्थ पहिचानका लागि कुकुर परिचालन गरिएको बताए । विगतका बर्षहरुमा पनि प्रहरीले गड्डाचौकीमा तिहारका बेला सवारी साधन सहित यात्रुका सर समान चेकजाँच कुकुर परिचालन गर्दैै आएको छ ।
‘कुकुर मार्फतै प्रहरीले गैर कानुनी गतिबिधी नियन्त्रण गर्नेछन, ‘उनले भने, ‘यसबाट हामीलाई शान्ति सुरक्षा कायमका लागि मदन पुग्नेछ ।’ एसपी जोशीले चार्डवार्ड सुरक्षाका लागि कञ्चनपुरमा ८ सय १५ प्रहरी परिचालन गरिएको बताए ।
जिल्लाको महेन्द्रनगर बसपार्क, झलारी, गुलरिया, त्रिभुवनबस्ती, बेलौरीमा नागरिकता सहायता कक्ष समेत राखिएका छन । ‘हामीले तिहारका बेला नागरिक सहायता कक्षदेखि जिल्लाभरी ट्राफिक चेकजाँच बृद्धि गरेका छौँ, ‘एसपी जोशीले भने, ‘जिल्लाभरी शान्ति सुरक्षा कायम गर्न गराउन सबै स्थानमा प्रहरी तैनाथ गरिएका छन ।’
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया