Samriddhipost
२०८१ कार्तिक ०२ गते शुक्रबार
महेन्द्रनगर
२०८१ असोज २४ गते बिहिबार

वेदकोटमा दोस्रो संस्करणको मेयर कप नगर स्तरीय पुरुष खुला फुटबल प्रतियोगिता सम्पन्न ।

कञ्चनपुरको वेदकोट नगरपालिकामा दोस्रो मेयर कप सम्पन्न भएको छ। बिहीबार दोस्रो संस्करणको मेयर कप नगर स्तरीय पुरुष फुटबल प्रतियोगिताको समापन गरिएको छ। समापन कार्यक्रममा वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराको प्रमुख आतिथ्य रहेको थियो । भने वेदकोट नगर खेलकुद समितिका अध्यक्ष प्रजापति भट्टको सभापतित्व रहेको थियो। उक्त कार्यक्रममा विशिष्ट अतिथि नगर उप-प्रमुख तुलसी जोशी अतिथि वडा अध्यक्ष , कार्यपालिका सदस्य , वडा सदस्य , पत्रकार , सामुदायिक वनका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

वेदकोट नगर खेलकुद समितिको आयोजनामा उक्त प्रतियोगिता सञ्चालन भएको थियो। प्रतियोगिताको फाइनलमा वडा नम्बर ३ ले वडा नम्बर ९ लाई १-० ले हराएको थियो विजेता वडा नम्बर ३ को टोली लाई रू ५० हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र र उप-विजेता वडा नम्बर ९ को टोलीलाई रू २५ हजार नगर सहित ट्रफी, मेडल सहित प्रमाण पत्र वितरण गरिएको छ। प्रतियोगितामा वेदकोटका ८ वडाका ९ टिम सहभागि भएका थिए।

प्रतियोगिताका उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक सहित विधागत रूपमा उत्कृष्ट हुने खेलाडीलाई समेत पुरस्कार ट्रफी प्रदान गरिएको छ। कार्यक्रममा बोल्दै प्रमुख अतिथि बोहराले प्रतियोगिता समापन संगै २५ सदस्यीय टोली निर्माणका लागि नगर खेलकुद समितिका पदाधिकारीलाई निर्देशन दिएका छन । उक्त कार्यक्रमको सञ्चालन युवा समाजसेवी राकेश बहादुर चन्दले गरेका थिए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>