Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ पुष ३० गते शुक्रबार

खसी चाेरेर भारतिय भुमिमा पुर्याउने प्रहरी खाेरमा

दोधारा चाँदनी नगरपालिकामा खसी बाख्रा चोरेको आरोपमा एक समुहलाई प्रहरीले नियन्त्रणमा लिएको छ् । गएराती दोधारा चाँदनी नगरपालिका वडा नं. ७, ८ र ९ वडामा रहेका किसानहरुको घरमा बाँधीराखेको खसी बाख्रालाई मध्यरातमा चोरेको आरोपमा ५ जना स्थानिय युवकलाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । रातीको समयमा दोधारा चाँदनी नगरपालिका वडा नं. ७ का हरु भट्ट, वडा नं. ९ का गोकुल थापा र वडा नं. १० निवासी किसान भुपेश बुढाको खोर ३ वटा खसी बाख्रा चोरिएको हो । बाबाथान प्रहरी चौकीका ईन्चार्ज कृष्णराज भट्टको प्रहरी र टोली र स्थानियहरुले मध्यरातमा चोरिएको खसी बाख्रालाई नेपाल–भारत सिमा क्षेत्र तथा भारतिय भुमीमा फेला पारेका हुन् । खसी बाख्रा चोरी गरेर सिमावर्ती भारतिय बजारमा बिक्रि बितरण गर्ने योजना रहेको बताईएको छ् । बाबाथान प्रहरी चौकीका ईन्चार्ज कृष्णराज भट्टको प्रहरी र टोली र स्थानियहरु गएराती देखि परिचालित भएका बताईएको छ् । अनुसन्धानको क्रममा दोधारा चाँदनी नगरपालिका वडा नं. ८ बस्ने रोशन बडवाल, वडा नं. ६ बस्ने आभाष जैशी, मुस्कान शाही र वडा नं. १० बस्ने अर्जुन सुनारलाई खसी बाख्रा चोरेको आरोपमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ् । नियन्त्रणमा रहेका पाँचै जनालाई थप अनुसन्धान भईरहेको प्रहरी श्रोतको भनाई रहेको छ् ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>