बैतडीमा ९ सय पशुको बली दिइएको छ । घटस्थापनादेखि नवमीसम्म यहाँका सक्तिपिठहरुमा ९ सय पशुको बलि दिइएको सम्बन्धित मेला व्यवस्थापन समितिले जनाएको छ ।यसमध्ये जिल्लाकै प्रशिद्ध निङ्गलाशैनी मन्दिरमा लागेको अष्टममी मेलामा मात्रै ५१२ पशुको बली दिइएको छ । दशरथचन्द नगरपालिका–२ स्थित निङ्गलाशैनी भगवति मन्दिरमा ५१२ पशुको बली दिइएको हो। ३१७ राङ्गा र १९५ बोकागरी ५१२ पशुको बली दिइएको निङ्गलाशैनी मेला व्यवस्थापन समितिका कोषाध्यक्ष मनोज बोहराले जानकारी दिए ।पाटन नगरपालिका–६ स्थित उदयदेव मन्दिरमा ४१ राङ्गाको बली दिइएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।मेलौली नगरपालिकामा रहेको मेलौली भगवती मन्दिरमा घटस्थापनादेखि आजसम्म २ सय २० पशुको बली दिइएको छ । १०० राङ्गा र १२० बोकाको बली दिइएको मन्दिर व्यवस्थापन समितका अध्यक्ष नरेश नायकले जानकारी दिए ।सुर्नया गाउँपालिका–५ स्थित फल्ङासैन मन्दिरमा २१ पशुको बली दिइएको छ । बिहीबार राती १४ राङ्गा र ७ बोकाको गरी २१ पशुको बली दिइएको वडा नं ५ का वडा अध्यक्ष केशव सिंह बिष्टले जानकारी दिए ।डिलासैनी गाउँपालिका–५ को कफलासैनी भगवती मन्दिरमा ३० वटा राङ्गा र ३५ वटा बोकाको गरी ६५ पशुको बली दिइएको वडा नं ५ का वडा अध्यक्ष यज्ञ भट्टले जानकारी दिए ।डिलासैनी–६ को निङ्गलाशैनी भगवती मन्दिरमा २१ राङ्गा र दुई बोकागरी २३ पशुको बली दिइएको मेला व्यवस्थापन समितिका सदस्य आँसु मालले जानकारी दिए ।डिलासैनी–१ को दुर्गाभवानी मन्दिरमा नवरात्राभरीमा १८ बोकाको बली दिइएको स्थानीय शिक्षक धर्मराज भट्टले जानकारी दिए ।
शिवनाथ ५ को कफाडी उदयदेव मन्दिरमा शुक्रबार राती जात्रा लाग्दैछ ।पञ्चेश्वर गाउँपालिकामा रहेका देवस्थलहरुमा यस वर्ष बलिसहितको जात्रा नलागेको गउाँन्पालिका उपाध्यक्ष बिना भट्टले बताइन् ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया