Samriddhipost
२०८१ कार्तिक ०२ गते शुक्रबार
महेन्द्रनगर
२०८१ असोज २७ गते आइतबार

किशाेरि मृत फेला प्रकरण, डडेलधुरामा आन्दाेलन सुरु

डडेल्धुरामा एक किशोरीको शव फेला परेको प्रकरणमा प्रहरीले अनुसन्धान जारी रहेको बताएको छ। जिल्लाको अमरगढी नगरपालिका(७ पोखरा बजारमा सोही ठाउँकी १४ वर्षीया आरती भट्टराईको शव शुक्रवार फेला परेको थियोे।
शुक्रबार राति उनको हत्या भएको र त्यसपछि प्लास्टिकको बोरामा राखेर शव फ्याँकेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ।सोही घटनामा प्रहरीलाई सत्यतथ्य अनुसन्धान तथा न्याय माग गर्दै स्थानीय र आफन्तले पोखरा बजारमा आन्दोलन पनि थालेका छन्।सोही क्रममा प्रहरीले भने भट्टराईको हत्या आरोपमा सोही ठाउँका ५८ वर्षीय टेक भण्डारीलाई पक्राउ गरिएको जानकारी दिएमो छ।
घटनास्थलबाट करिव १५र२० मिटर पूर्वतर्फ नालामा फालेको अवस्थामा भण्डारीको म १ प १४५४ नम्बरको मोटरसाइकल फेला पारेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डीएसपी सुगन्ध श्रेष्ठले बताए।२५ गते दिउँसो ४ बजे घरबाट मिल गएकी आरती घर नफर्किएपछि परिवारले उनको खोजीकार्य थालेको थियो। तर, स्थानीयले सोही दिन राति प्लास्टिकको बोराभित्र शव रहेको भन्दै प्रहरीलाई खबर गरेका थिए।
मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले शव फालेको सूचना स्थानीयले प्रहरीलाई दिएपछि जिल्ला प्रहरी कार्यालय डडेल्धुराको टोली घटनास्थलमा खटिएको थियो।अनुसन्धानबाट उक्त शव आरतीको रहेको खुलेको थियो। आरतीको बलात्कारपछि हत्या भएको परिवारको आरोप छ भने शव डडेल्धुरा अस्पतालमा राखिएको छ।अनुसन्धानपछि मात्रै विस्तृत खुल्ने प्रहरीको भनाइ छ।

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>