Samriddhipost
२०८१ कार्तिक ०२ गते शुक्रबार
महेन्द्रनगर
२०८१ असोज २७ गते आइतबार

शुक्लफाँटा नगर स्तरिय क्रिकेटमा वडा ८ र ५ प्रथम र द्वितीय ।

शुक्लफाँटा नगरपालिका वडा १ काे डिमर्श युवा क्लवले पालिका स्तरिय क्रिकेट खेल आयाेजना गरि सम्पन्न गरेकाे छ । क्लवले पालीका भरिका १६ टिमकाे सहभागीतामा लिग कम नकाउटका आधारमा खेल खेलाउदै खेल सम्पन्न गरेकाे छ । अशाेज २० गतेबाट खेल सुरु गरेर आज आईतबार खेल सम्पन्न गरेकाे छ ।
फाईनलमा पुगेका वडा ५ र वडा ८ बिच फाइनल खेल हुदा वडा ५ ले टस जितेर १२ ओभर खेलेर ८० रन बनाई वडा ८ लाई ८१ रनकाे लक्ष्य दिएकामा वडा ८ ले १ ओभर बाकि छदै ४ बिकेटले खेल जितेर प्रथम भएकाे छ ।
प्रथम हुने वडा ८ ले नगद तीस हजार, मेडल र प्रमाण पत्र प्राप्त गरेकाे छ । यस्तै द्वितीय हुने वडा ५ ले नगद पन्ध्र हजार, मेडल र प्रमाण पत्र प्राप्त गरेकाे क्लवका अध्यक्ष प्रमानन्द जाेशीले बताएका छन । 
याे खेलकाे मुख्य सहयाेगीका रुपमा शुक्लफाटा वडा १ रहेकाे क्लवका अध्यक्ष जाेशीले बताएका छन ।

यस्तै वडा एक मा रहेकाे बंसाह ब्याडमिन्टन संघको आयोजनामा ब्याटमिन्टन खेल सम्पन्न भएकाे छ । दशै नवरात्रकाे अवसरमा अशाेज १९ देखि २१ सम्म निर्वाचन क्षेत्र स्तरिय खेलमा ३० टिम काे सहभागितामा खेल खेलाइएकाे हाे ।
 उदयदेव हार्डवयर एण्ड सप्लायर्स को मुख्य प्रायोजन,  शुक्लफाँटा वडा १ काे विशेष सहयोगमा कञ्चनपुर निर्वाचन खुल्ला ब्याडमिन्टन प्रतियोगिता सभ्य र भव्य रुपमा सम्पन्न भएको डिमर्स क्लवका अध्यक्ष जाेशीले बताएका छन ।
खेलमा वेदकोट नगरपालिका, कृष्णपुर नगरपालिका र शुक्लाफाँटा नगरपालिका खेलाडि टिमहरुकाे सहभागिता रहेकाे थियाे । वडाकाे ब्याटमिन्टन  संघले सहभागी सम्पूर्ण खेलाडी सहयोगि उदयदेव हार्डवयर एण्ड सप्लायर्सका संचालक सुरेन्द्र बहादुर चन्द र वडा अध्यक्ष उत्तरदेव भट्ट तथा संघका सदस्य लागायतलाइ धन्यवाद ब्याक्त गरेकाे छ ।
खेलमा प्रथम हुने लाेकेन्द्र सिह ऐर र मनाेज बाेहराले टिमले एक्काईस हजार, द्वितीय हुने टिम बिबेक ऐर र गणेश बाेहराले एघार हजार र तृतिय हुने आयुश अवस्थी/ तेजराज जाेशी र मनाेज हमाल/ महेश पन्त टिमले पाँच/ पाँच हजार नगद प्राप्त गरेका छन ।
 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>