Samriddhipost
२०८२ माघ १३ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ असोज २८ गते सोमबार

देखतभूलीमा वडा अध्यक्ष क्रिकेटकाे उद्घाटन, १४ टिम सहभागी ।

लालझाडी गाउँपालिका वडा -५ देखतभुलीमा देखतभुली युवा समाजकाे आयाेजना र वडा ५ काे सहयाेग र समन्वयमा प्रथम DYS वडा अध्यक्ष क्रिकेट प्रतियोगिता २०८१ को साेमबार एक कार्यक्रम बिच उद्घाटन भएको छ। कञ्चनपुर क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्य तारा लामा तामाङ को प्रमुख आतिथ्यमा मा प्रतियोगिताको उद्घाटन गरिएको हो। 


कंचनपुरका विभिन्न चाैध टिमकाे सहभागीतामा खेल सुरु भएकाे छ । खेलमा प्रथम हुने टिमले एकाउन्न हजार एक सय एघार रुपैया,  द्वितीय हुने टिमले पच्चिस हजार पाँचसय पच्चिस रुपाैया सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन ।


उद्धाटन समाराेहमा प्रमुख अथिति पालिका अध्यक्ष निर्मल राना, वडा अध्यक्ष पहल बहादुर थापा रहेका थिए, कार्यक्रमकाे प्रायाेजक सनराईज बाेर्डिङ स्कुल (अक्कल राेकाया) कृष्णपुर २ बाणी, सह प्रायाेजक चाैनाली नास्ता एण्ड भाेजनालय (शंकर सिह खत्री) चम्मनचाेक महेन्द्रनगर, सह प्रायाेजक काेहिनुर स्पा  (ज्ञानेन्द्र शाह), प्रतीज्ञा राईस मिल (हिक्मत बाेहरा), दुर्गा स्थान एजुकेशन एकेडेमी (पुष्कर सिह धामी), अंकिल माेवाईल, डिजे एण्ड टेन्ट हाउस (मनिराम चाैधरी)  रहेका छन ।
उद्घाटन सत्रमा ईटाहा चारपाते युवा क्लव र मछेली युवा क्लव बिच खेल तय भएकामा, इटाहाका खेलाडी नपुग्दा मछेली युवा क्लवले वाकअप प्राप्त गरेकाे छ । दाेस्राे खेल सिद्धनाथ युवा क्लव बेलाैरि भर्सेस शुक्लफाँटा नगरपालिका ७ बिच सम्पन्न भएकाे छ । शुक्लफाटा ७ ले ब्याटिङ गर्दा १२ ओभरमा १३० रनकाे लक्ष्य दिएकामा बेलाैरि युवा क्लवले ९ ओभर खेल्दा ३० रनमा सिमित भई अल आउट भएकाे थियाे ।
अशाेज ४ गते समापन खेल हुने समाजका अध्संयक्ष तथा खेल संयाेजक खेम धामीले बताएका छन ।


             

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>