Samriddhipost
२०८१ कार्तिक ०२ गते शुक्रबार
महेन्द्रनगर
२०८१ असोज २८ गते सोमबार

निङलासैनी गाेबरियामा रामलिला सुरु, प्रदेश प्रमुख जाेशीले गरे उद्घाटन ।

कञ्चनपुरको भीमदत्त नगरपालिका १८ गोबरैयामा रामलिला शुरु भएको छ । सोमबारदेखि गोबरैयामा रामलिला शुरु भएको हो । 
निङ्गलाशैनी जगन्नाथ रामलिला समितिको आयोजनामा यस बर्षपनि गोबरैयामा रामलिला संचालन गरिएको छ । कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशीले रामलिलाको उद्घाटन गर्दै धर्म, संस्कृति कला र राम भगावनको व्यवहार कार्यान्वयनका लागि रामलिला महोत्सव फलदायी बनाउनुपर्नेमा जोडदिए । विशिष्ट अतिथि भीमदत्त नगरपालिका उपप्रमुख निलम लेखकले पालिकाबाट समाजिक कार्यका लागि रामलिला समितिलाई सहयोग गर्ने बचन दिईन । 
निङ्गलाशैनी जगन्नाथ रामलिला समितिका अध्यक्ष एबम् रामलिला आयोजक समितिका संयोजक निरञ्जन प्रसाद भट्टले रामलिलाको औपचारिक रुपमा शुरु भएको बताए । उनका अनुसार गोबरैया ०७१ मा २८ वर्षपछि पहिलो पटक रामलिला आयोजना गरिएको थियो । त्यसलाई निरन्तरता दिदै यस वर्ष पनि सोमबार देखि रामलिला संचालन गरिएको अध्यक्ष भट्टले बताए । अध्यक्ष भट्टले रामलिलाबाट सामाजमा नैतिकता र सदाचारको सन्देश फैलाउन उदेश्यले रामललिला संचालन गर्न लागेको बताए । ‘रामलिलामा बसुधैब कुटुम्बकमको मूल मन्त्र हुन्छ, समाजलाई जोड्न, सामाजिक एकता कायम राख्न, विकृति, विसंगति, अपराध अन्त्य गर्न, नैतिकता र सदाचारको खडेरी परेको बेला त्यसलाई बचाउन रामलिलाबाट नैतिकता र सदाचारको सन्देश प्रवाह भएर टेवा पुग्छ, संयोजक भट्टले भने,‘यसबाट सत्यको जित र असत्यको हार हुने सन्देश जान्छ, रामको विजय र रावणको मृत्यु हुनु नै सत्यको जित र असत्यको हार हो भन्ने सन्देश जान्छ ।’ रामलिलाबाट हुने आम्दानीबाट केही नयाँ समाजिक कार्य थालनी गरिने जनाईएको छ । दशैँ लगत्तै गाँउमै रामलिला संचालन भएपछि स्थानीय हर्षित भएका छन। 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>