नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माबीच भेटवार्ता भएको छ। कपिलवस्तुको शिवराज नगरपालिका ९ शिवगढीस्थित महासचिव विप्लवको निवास भोकरमा आज भेटघाट भएको हो ।
दुई नेताबीच देशको समसामयिक राजनीतिक अवस्था, माओवादी केन्द्र र नेकपा सहभागी समाजवादी मोर्चा, पुर्व माओवादी घटकहरुका विषयमा कुराकानी भएको विप्लवको सचिवालयका सदस्य एवं नेकपा कपिलवस्तु सेक्रेटरी विनोद सीले जानकारी दिए।
विप्लव र जनार्ददनबीचको भेटवार्तामा दुई पार्टीबीचको सम्भावित एकताका विषयमा पनि छलफल भएको सेक्रेटरी विनोदले जानकारी दिए । दुई नेताबीचको छलफलमा अधिकांश विषयमा समान धारणा रहेको र छलफल सकारात्मक भएको उनले जानकारी दिए।
दुई दिन अघि नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले समेत कपिलवस्तु पुगेर विप्लवसंग राजनीतिक छलफल गर्नुका साथै सो पार्टीको कृषि कम्यून अवलोकन गरेका थिए।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया