Samriddhipost
२०८१ कार्तिक ०२ गते शुक्रबार
महेन्द्रनगर
२०८१ असोज ३० गते बुधबार

लिटिलबुद्धका छात्रले राष्ट्रिय स्तरकाे निबन्धमा दाेस्राे स्थान प्राप्त, प्रहरी दिवसमा भए सम्मानित ।

कञ्चनपुरको भीमदत्त नगरपालिका ३ महेन्द्रनगरको लिटिल बुद्ध एकेडेमीका एक छात्र नेपाल प्रहरीको निबन्ध प्रतियोगितामा राष्ट्रिय स्तरमै दोस्रो भएका छन । ६९औँ प्रहरी दिवसमा नेपाल प्रहरी केन्द्रीय कार्यालय काठमाण्डौँले आयोजना गरेको निबन्ध प्रतियोगितामा लिटिल बुद्ध एकेडेमीका छात्र आयुस थापा राष्ट्रिय स्तरमै दोस्रो भएका हुन ।
विद्यालय, पालिका, जिल्लाबाट छनौट भई सुप प्रदेशबाट समेत दोस्रो स्थान हासिल गरेका थापाले राष्ट्रिय स्तरमा समेत दोस्रो स्थान हासिल गरेका थिए । सातै प्रदेशबाट छनौट भएका प्रथम, द्वितिय र तृतियलाई केन्द्रमा प्रतिस्पर्धा गराएका थियो । कक्षा ११मा अध्ययनरत थापाले नगद १० हजार, प्रमाण पत्र पाएका थिए ।
बुधबार प्रहरी दिवसमा कञ्चनपुर प्रहरीले छात्रलाई प्रमाण पत्रका साथै नगद १० हजार पुरस्कार हस्तान्तरण गरेका थिए । कार्यक्रममा छात्र उपस्थित हुन नसकेपछि लिटिल बुद्ध एकेडेमीका प्रिन्सिपल श्याम सिह मौनीलाई एसपी चक्रराज जोशी, जिसस कञ्चनपुर प्रहरी दुर्गा दत्त बोहराले प्रमाण पत्रका साथै पुरस्कार प्रदान गरेका थिए ।
लिटिल बुद्ध एकेडेमीका प्रिन्सिपल श्याम सिह मौनीले विद्यालयकै टपर विद्यार्थी थापा अतिरिक्त कृयाकलापमा समेत उत्कृष्ट रहेको बताए । लिटिलका विद्यार्थी नियमित एकेडेमी पढाईका साथै अतिरिक्त कृयाकलापमा समेत अब्बल रहेको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>