Samriddhipost
२०८१ कार्तिक ०२ गते शुक्रबार
महेन्द्रनगर
२०८१ कार्तिक ०१ गते बिहिबार

बेलडाडीकाे मालिकार्जुन लटिनाथ मन्दिरमा आज मेला लाग्ने ।

कञ्चनपुरको बेलडाँडी गाँउपालिकामा रहेको एक धार्मिक पिठमा मेला÷जात्रा लाग्ने भएको छ । बेलडाँडी गाँउपालिका वडा नं. २ मा रहेका मालिकार्जुन लटीनाथ मन्दिरमा कोजाग्रत पूर्णिमाका दिन आज बिहिबार जात लाग्न लागेको छ ।
मालिकार्जुन लटीनाथ मन्दिर प्रचारप्रसार समितिका संयोजक प्रान्जल विष्टले धार्मिक मेलाको तयारी पुरा भएर आजै साँझदेखि मेला लाग्ने बताए । उनका अनुसार दार्चुला पुख्र्यौली घर भई हाल बेलडाँडी बस्दै आएका मालिकार्जुन लटीनाथका अनुयायीहरुले लोक परम्पराको निरन्तरता स्वरुप तराई(बेलडाँडी)मा पनि मेला संचालन गर्न लागेको बताए । मेलाको आवश्यक तयारी तिव्र रुपमा अघि बढेको उनले बताए । लटिनाथ मालिकार्जुनको मन्दिरमा धार्मिक श्रदा,उत्सवका साथ मन्दिरमा देवी माँको पूजा आर्जा गरी पञ्जे बाजागाजाका साथ जात हुने र त्यसैको अवसर पारेर सुदूरको लोक देउडा खेल कार्यक्रम आयोजना गरिएको बताए ।
मालिकार्जुन लटीनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोपाल धामीले दार्चुलाबासीहरुले परापूर्वकाल देखि देविको पूजापाठ गर्ने,घर घरबाट बाजा बजाएर उत्सवका साथ जात ल्याउने बताए । रात्रीकालिन मेला लाग्ने भएकोले स्थानीयहरू यसलाई आश्विन शुक्ल प्रतिपदा (घटस्थापना) का दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैं पर्व कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन गर्ने चलन रहेको छ । मेलामा देवीको माँको पूजा गर्ने साँझको समयमा मेलामा बाजागाजाका साथ टोल टोलबाट हजारौँ भक्तालुहरू सहभागी हुने गर्दछन । त्यस कारण यसलाई पूर्णिमाको रातलाई कोजाग्रत भनेर धेरै स्थानीयहरू बुझ्ने गर्दछन ।
मन्दिरमा आ–आफ्नै शैली र परम्परा झल्किने गरी घर घर बाट जात ल्याउने,देउडा खेल्ने कार्यक्तम पनि राखेको छ । उक्त दिनमा सम्पन्नताकी देवी महालक्ष्मीले आजको रात पृथ्वीको भ्रमण गरी ‘को जागेको छ?’ भनी हेर्ने र जो जाग्राम बसी महालक्ष्मीको पूजा(आराधना गरिरहेको छ, उसैलाई आशीर्वाद दिई धनधान्यले सम्पन्न गरिदिने धार्मिक विश्वास रहिआएको छ । यही विश्वासका कारण यस रात गृहिणीहरू जाग्राम बसी महालक्ष्मीको पूजा–आराधना गर्दै आएका छन ।
आफ्नो धर्म, संस्कृति सरक्षणका लागि उक्त मेला संचालन गर्न लागेको जनाएका छन । संस्कृति जर्गेनाका लागि यो मेला लटिनाथ मालिकार्जुनको मन्दिर व्यावस्थापन समितिले प्रत्येक बर्ष देउडा संस्कृतिको जगेर्नालाई पहिलो प्राथमिकतामा राखेर आयोजना गर्ने गरेको छ । मेलामा साथीभाई,आफन्तहरूसंग भेटघाट गर्ने,दुःख सुख पोख्ने, महिला पुरुष एक अर्काबीच जीवन जगत्का सुख दुःखका कुरा, प्रेमका प्रसङ्गका कुरा देउडा गीतबाटै पोख्ने,मनोरञ्जन लिने गरिन्छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>