Samriddhipost
२०८१ मङि्सर ०६ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ कार्तिक ०२ गते शुक्रबार

रबि लामिछाने पक्राउ

तत्कालीन गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । लामिछानेलाई शुक्रबार काठमाडौंबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
पार्टी कार्यालय वनस्थलीमा पक्राउ गर्न पुगेको प्रहरीसँग मिडियासँग छोटो प्रतिक्रिया दिने अनुमति पाएका लामिछानेले संक्षिप्त सम्बोधन गरेर प्रहरीसमक्ष आन्मसर्पण गरेका छन् ।
उनले अरु पार्टीले जस्तै कम्प्रमाइज गरेको भए आफू पक्राउ नै नपर्ने दाबी गरेका छन् । “उनीहरूले जस्तै सम्झौता गरेको भए पक्राउ पर्दैनथिए । तर, हामीले कुनै पनि सम्झौता गरेनौँ,” लामिछानेले भने, “रविलाई जसरी पनि हामी थुन्छौँ भन्ने सम्झौता भएको मलाई थाहा छ । नेपाली जनताको आशा र भरोसामाथि जुन प्रहार भएको छ हामी सामना गर्दैछौँ । यसका विरुद्ध खुलेर लड्नका लागि आह्वान गर्दछु ।” 
उनले अदालतबाट न्याय पाउने भए पनि त्यहाँसेटिङ गर्न सक्ने भन्दै राज्यको दादागिरीविरुद्ध लड्न अपिल गरेका छन् । “म सम्मानित अदालतबाट न्याय पाउने छु । हुन त अदालतमा पनि सेटिङ गरेर थुन्छौँ कहाँ उम्कन दिन्छौँ भन्ने होलान्,” लामिछानेले भने, “तर, आदरणीय जनसमुदाय मैले अपराध गरेको छैन । राज्यले गरेको दादागिरीलाई डटेर सामना गर्न अपिल गर्दछु ।”
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले उनलाई कारबाही सिफारिस गरेको थियो ।
समितिले ९९ दिन लगाएर तयार पारेको प्रतिवेदन गएको भदौ ३१ गते सभामुख देवराज घिमिरेलाई बुझाएको थियो । उक्त प्रतिवेदन गृह मन्त्रालयले असोज पहिलो साता प्रहरीलाई कार्यान्वयनका निम्ति पठाएको थियो ।
ओखलढुंगाका गितेन्द्रबाबु (जीबी) राईले सञ्चालन गरेका पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा र वीरगन्जको सानो पाइला सहकारीको रकम अपचलन गरिएको प्रतिवेदनमा खुलाइएको छ ।
सहकारीमार्फत सिधै लामिछानेले रकम अपचलन नगरे पनि जीबीले नै नेतृत्व गरेको गोर्खा मिडिया नेटवर्कमा उनी र पूर्वडीआईजी छविलाल जोशीको समेत संलग्नता देखिएपछि समितिले उनीहरू दुवैजनालाई कारबाही सिफारिस गरेको थियो । जोशीलाई प्रहरीले गएको असोज ६ गते नै पक्राउ गरिसकेको छ । जोशी कास्की प्रहरीको थुनामा छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>