Samriddhipost
२०८१ मङि्सर ०६ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ कार्तिक ०३ गते शनिबार

नेपाल राहत शिक्षक समिति कञ्चनपुरको अध्यक्षमा बिरेन्द्र बहादुर सिह चयन भएका छन। 

शनिबार महेन्द्रनगरमा सम्पन्न भएको राहत शिक्षक समिति कञ्चनपुरको ६औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा सिह निर्वाचित भएका हुन । नेपाल राहत शिक्षक समिति कञ्चनपुरका निर्वतमान कोषाध्यक्ष गणेश बहादुर धानुकले सर्वसम्मतीय आधारमा जिल्ला नेतृत्व सहितका पदाधिकारी सदस्य चयन भएको बताए । सहअध्यक्षहरु ज्योती जोशी, सर्वजित बुढा, तोयराज जोशी, नवराज जोशी चयन भएका छन । 

बरिष्ठ उपाध्यक्ष डबल बहादुर शाह, उपाध्यक्ष नाथ बहादुर बुढा, काली नेपाली, सचिवमा भोजराज भट्ट, सह सचिव रामदत्त विष्ट, दिपकराज भट्ट र बिमला बम, कोषाध्यक्ष अभयराज जोशी रहेका छन । 

सदस्यहरु ः बिमला भट्ट, पार्वती जोशी, ओकिल बहादुर बस्नेत, विष्णू प्रशाद बोकटी, शम्भु प्रशाद अवस्थी, जगदिश भट्ट, मोहनदेव पन्त रहेका छन । जिल्ला अधिवेशनले केन्द्रीय प्रतिनिधी समेत छनौट गरेको छ । धौलसिह जागरी, श्रबण सेटी, नवराज ओझा र लक्ष्मी खडकालाई छनौट गरेको छ । 

जिल्ला निवर्तमान अध्यक्ष लवदेवीको अध्यक्षताा भएको कार्यक्रमको नेपाल राहत शिक्षक केन्द्रीय समितिका बरिष्ठ सहअध्यक्ष नविनसिह धामीको प्रमुख आथित्यमा भएको थियो । कार्यक्रमको संचालन निर्वतमान सचिव सर्वजित बुढाले गरेको कार्यक्रममा जिल्लाभरीका राहत शिक्षकहरुको सहभागिता रहेको थियो । नेपाल राहत शिक्षक समिति कञ्चनपुरका निर्वाचित पदाधिकारीहरुले राहत शिक्षकहरुको हकहितका साथै पेशागत स्थायित्वका क्षेत्रमा पहल गर्ने प्रतिबद्धता जाहेर गरेका छन । नेपाल राहत शिक्षक समिति कञ्चनपुरका सचिव भोजराज भट्टले राज्यको विभेद बिरुद्ध संघर्ष गर्दै आम राहत शिक्षकको पेशागत हकहितका क्षेत्रमा खटिने बताए । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>