Samriddhipost
२०८१ मङि्सर ०६ गते बिहिबार
ट्रेन्डिङ
दाेधारा चादनी
पप्पु गुरुङ्ग पप्पु गुरुङ्ग
२०८१ कार्तिक ०३ गते शनिबार

दोधारा चाँदनीका नगर प्रमुखको पहलमा शहरी बिकासका ३ वटा योजना संचालनमा

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा शहरी विकास मन्त्रालय अन्तर्गत ३ वटा निमार्ण योजना सुरु गरिएको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. २ मा आय आर्जन भवन संगै प्याराफिट निमार्ण, दोधारा चाँदनीका बिभिन्न वडाहरुमा पक्की सडक निमार्ण र वडा नं. ७ मा आय आर्जन भवन निमार्ण कार्य सुरु गरिएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् । वडा नं. २ मा रहेको खेल मैदानमा ४ कोठे आय आर्जन भवन संगै प्याराफिट निमार्ण, दोधारा चाँदनी नगरपालिकाको बिभिन्न वडाहरुमा झण्डै ६ किलोमिटर पक्की सडक निमार्ण र वडा नं. ७ मा ८ कोठे आय आर्जन भवन निमार्ण कार्यको सुरुवात गरिएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् । दोधारा चाँदनी नगरपालिकामा सडक, आय आर्जन भवन र खेलकुद बिकासको लागी प्याराफिट आवश्यक देखिएको आफुले पहल गरेर झण्डै रु. १२ करोडको बिकास योजना अघि बढाएको नगर प्रमुख लिम्बुले बताउनुभएको छ् । नियमित बजेटले ठुला योजना अघि बढाउन नसकिने बताउदै नगर प्रमुख लिम्बुले १२ करोडको योजनाले नगर क्षेत्रको समृद्धि र बिकासमा ठुलो टेवा पुर्‍याउने उहाँले बताउनुभएको छ् । नगरपालिका क्षेत्रको समृद्धि र बिकासको लागी एशियाली विकास बैंक (एडीवी) र युएडिपी संग पहल भईरहेको नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो । दोधारा चाँदनी नगरपालिकाको वडा नं. २ को खेल मैदानमा आय आर्जन भवन संगै प्याराफिट निमार्ण, दोधारा चाँदनीका बिभिन्न वडाहरुमा पक्की सडक निमार्ण र वडा नं. ७ बाबाथानमा आय आर्जन भवनको निमार्णको जिम्मा पाएको बाशुलिङ्ग अनिल कन्ट्रक्सन प्रालिका प्रोपोराईटर धिर प्रताप पाँण्डेले निमार्ण कार्यको सम्झौता २२ महिना भएतापनि अषाढ मसान्तमा तिनै वटा योजना सकिने बताउनुभएको छ् । निमार्ण कार्य द्रुत गतीमा संचालन भईरहेको उहाँको भनाई रहेको छ् । आय आर्जन भवन संगै खेलकुद बिकासको लागी प्याराफिट निमार्ण, दोधारा चाँदनीका बिभिन्न वडाहरुमा झण्डै ६ किलो मिटर पक्की सडक निमार्ण र वडा नं. ७ बाबाथानमा आय आर्जन भवन निमार्ण सुरु भए संगै स्थानियबासीहरुले खुशी ब्यक्त गरेका छन् । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>