बैतडीको एक स्वास्थ्यचौकीले महिला कर्मचारीहरुलाई महिनावारी भएको समयमा बिदा दिने निर्णय गरेको छ।
जिल्लाको पञ्चेश्वर गाउँपालिकामा रहेको स्वास्थ्यचौकि संस्था सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको स्वास्थ्यचौकीका प्रमुख सुरेश सार्कीले बताए।
महिनावारी भएको समयमा महिलाहरुलाई आरामको आवश्यकता पर्ने भएकाले महिला कर्मचारीहरुलाई बिदाको व्यवस्था मिलाएको उनले बताए।
स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुले अरु बेला शनिवार समेत बिदा पाउने स्थिती नरहेकाले महिला कर्मचारीहरुलाई महिनावारी भएको समयमा बिदा दिने निर्णय गरिएको उनले बताए। महिनावारी भएको समयमा कतिपय महिलाहरुलाई पेट दुख्ने लगायतका समस्याहरु देखापर्ने र यो अवस्थामा आरामको आवश्यकता हुने भएकाले महिनावारी भएको समयमा बिदा दिने निर्णय गरिएको हो।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया