कञ्चनपुरमा रहेको महाकाली प्रादेशिक अस्पताल सेवा सुविधा दिनेमा सुदूरपश्चिम प्रदेशमै उत्कृष्ट अस्पताल बन्न सफल भएको छ । अस्पतालहरूबाट प्रदान गरिएको सेवाको सुचकहरूको मूल्यांकन गर्दा यस महाकाली प्रादेशिक अस्पतालले प्रथम स्थान हासिल गर्न सफल भएको महाकाली प्रादेसिक अस्पताल व्यवस्थापन समितीका अध्यक्ष कृष्णानन्द भट्ट (किरण ) ले जानकारी दिनु भएकाे छ ।
सुदुरपश्चिम प्रदेशका अस्पतालहरूबाट आ.व. २०८०÷०८१ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको प्रदेस स्तरीय वार्षिक स्वास्थ्य समीक्षा कार्यक्रममा अस्पतालले दिई रहेको सेवा उत्कृष्ट रहेको भन्दै सम्मान गरेको उहाँले बताउनु भयो । दक्ष जनशक्ति र उपकरणहरुको अभावका वावजुत पनि अस्पतालबाट प्रदान गरिने सेवाहरुले आम जनताहरुको स्वास्थ्यमा गुणस्तरिय सेवा दिन तल्लिन रहेको यो अस्पतालको उचित मुल्याङकन गरेकोमा वहाले सबै अस्पतालमा कार्यरत कर्मचारीहरुलाई धन्यवाद व्यक्त गर्नु भएको छ ।
साथै महाकाली अस्पतालमा कार्यरत एमडिजिपी डाक्टर गिरिस अवस्थी लाई पनि सम्मान गगरिएको छ । अध्यक्ष किरणले भन्नु भयाे, “अस्पतालमा कार्यरत कर्मचारीहरू ,बिसेशज्ञ चिकित्सक , चिकित्सक, स्वास्थ्यकर्मी तथा कार्यालय सहयोगी हरुको योगदान को जहिले पनि कदर र उच्च सम्मान हुनेछ र यहाँ हरु सबै लाई वधाई तथा बिशेष धन्यवाद दिन चाहन्छौ ।
साथै विशिष्ट योगदानको उच्च कदर गर्दै यस अस्पतालमा कार्यरत एमडीजीपी डा.गिरीस अवस्थी ज्यू लाई सम्मान गर्नु भएकोमा हार्दिक बधाई छ । साथै यस महाकाली अस्पताल लाई आज यहाँ सम्म पुर्याउन अहोरात्र खटिएर राय सल्लाह ,सुझाव र सहयोग गर्नु हुने सम्पूर्ण सहयोगी मनहरु लाई अस्पताल परिवार को तर्फ बाट हृदय देखि नै धन्यवाद ज्ञापन गर्दछौ , साथै आउदा दिन हरु मा पनि यहाँ को साथ सहयोग को पूर्ण अपेक्षा पनि गरेका छौ”
यसैगरि कंचनपुर स्वास्थ्य कार्यालयका प्रमुख ओम प्रकाश जाेशी पनि कार्यक्रममा सम्मानित भएका छन ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया