Samriddhipost
२०८१ कार्तिक ०७ गते बुधबार
महेन्द्रनगर
२०८१ कार्तिक ०५ गते सोमबार

मदन चाेकमा २२ सटर निर्माण नगर्न युवाहरुकाे खबरदारि । गुरुयाेजना अनुरुप काम हुनुपर्ने ।

कंचनपुरका क्रियासिल बिभिन्न संगठनका युवाहरुले कंचनपुरकाे भिमदत्त नगरपालिका वडा ४ स्थित मदन चाेकमा सडक निर्माणका लागि भत्काएका २२ सटरका ठाउँमा सडक पेटि समेत मिचिने गरि सटर निर्माण गर्न लागेकाे भन्दै सामाजिक संजालमा खबरदारि गरेका छन ।
भिमदत्त नगरबिकास समितिले अशाेज ८ गते एक सुचना जारि मदन चाेक उत्तरका २२ सटर र एक सिडि निर्माण गर्नुपर्ने भएकाले भवन नक्सा र स्टक्चर एनालाईसिस गर्न भन्दै सात दिने सुचना जारि गरेकाे थियाे ।
यसै सुचनालाई आधार मानेर विभिन्न पार्टि सम्वद्ध युवाहरुले नगरकाे गुरुयाेजना अनुरुप मात्रै काम गर्नुपर्ने, नगरकाे साैन्दर्य बिग्रने र सडक पेटि समेत नरहने गरि काम नगर्न भन्दै खबरदारि गरेका छन ।
नेकपा एमाले नगर कमिटि अध्यक्ष हिमाल चन्दले नगरकाे सुरक्षा, साैन्दर्य, प्राबिधिक अवस्था मुल्यांकन र गुरुयाेजना अनुरुप मात्रै काम हुनु पर्ने बताएका छन । 
नेकपा माओवादिका नेता बिरेन्द्र बिष्टले सामाजिक संजालमा लेखेका छन  `भिमदत्त सरकार । अतिक्रमण गरेको जग्गा पुरै खाली गरि बजारको सुन्दरता बढाउनुको सट्टा उल्टै महेन्द्रनगर बजारको मुटुमा रहेको मदन चोकमा पुनः सटर बन्ने भन्ने हल्ला छ । बजारको पैदलमार्ग फराकिलो गरी रोड ब्यवस्थित गर्नु दीर्घकालीन बजार ब्यवस्थापन हुन्छ । केहि निज स्वार्थको लागी बजारको सुन्दरतामा दाग लगाउने कुरा कदापी स्वीकार्य हुने छैन।´ यहि कुरा माओवादि निकट बिध्यार्थि नेताहरु सुरेश भट्ट, अनेरास्ववियु क्रान्तिकारी जिल्ला अध्यक्ष दल बहादुर धामि लगायतले समेत लेखेका छन । 
नेकपा बहुमत निकट युवा संगठनका प्रदेश ईन्चार्ज दिपेन्द्र ऐरिले सामाजिक संजालमा लेखेका छन `सार्वजनिक सम्पत्ति रक्षा गरौं र सदरमुकाम सफा सुन्दर बनाउन सम्पूर्ण देशभक्त तथा प्रगतिशील युवाहरु एकजुट बनौं
कुनै समय सडक विस्तारमा बाधक बन्यो भनेर २२ सटर भत्काउन निर्देशन दिने पनि आफै नगर प्रमुख हाल आएर बिधुत को तारको तल फुटपाथ अतिक्रम गरेर ठाउँ नै नभएको स्थानमा सटर बनाउन चौतर्फी बिरोधका बावजुद पनि बनाउन मरिहत्ते गर्ने नगर प्रमुख खवदार ! हामी सुन्दर सदरमुकाम बनाउन चाहन्छौं महेन्द्रनगर बजार लाई कसैको दाईजो हैन महेन्द्रनगर बजार !´
यसैगरि नेकपा समाजवादिका जिल्ला सचिवालय सदस्य रमेश पन्तले नगर बिकासकाे अबैध संरचना र याे २२ सटर हटाउने पार्टिकाे निर्णय भएकाे कारण यसैमा फेरि सटर निर्माण गर्न नहुने बताएका छन ।
राष्ट्रिय स्वतन्त्र पार्टिका नेता भाेजराज जाेशीले लेखेका छन `भिमदत्त नगर सरकारले सडक सानो भयो फुटपाथ बनाउने भनेर भएका सटरहरु भत्काएको र अहिले अझ सटरहरु बानाएर आफ्नो आसेपासे भर्ती गर्ने योजना बनाउदैछ भन्ने खबर आएको छ। खास कुरा के रहेछ´ ।
अर्का एक युवा सुवास धामीले लेखेका छन `खबरदार भिमदत्त सरकार । अतिक्रमण गरेको जग्गा पुरै खाली गरि बजारको सुन्दरता बढाउनुको सट्टा उल्टै महेन्द्रनगर बजारको मुटुमा रहेको मदन चोकमा पुनः सटर बन्ने भन्ने हल्ला छ । बजारको पैदलमार्ग फराकिलो गरी रोड ब्यवस्थित गर्नु दीर्घकालीन बजार ब्यवस्थापन हुन्छ । केहि निजि स्वार्थको लागी बजारको सुन्दरतामा दाग लगाउने कुरा कदापी स्वीकार्य छैन ।´
यसरी युवाहरुकाे आवाज आईरहदा भिमदत्त सरकारका प्रवक्ता पदम राज अवस्थी संग के हुदैछ भनेर सम्पर्क गर्दा प्रवक्ता अवस्थीकाे ब्यस्तताका  कारण जानकारी पाउन सकिएन भाेली कुरा गर्ने जवाफ समृद्धि पाेष्ट लाई पाईएकाे छ ।
 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>