Samriddhipost
२०८२ माघ २९ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ कार्तिक ११ गते आइतबार

शुप विश्वविद्यालयमा खाेलियाे नर्सिङ र पब्लीक हेल्थमा भर्ना ।

डडेल्धुरा मेडिकल कलेजमा अब बिएस्सी नर्सिङ र पब्लिक हेल्थको पनि अध्यापन हुने भएको छ। चिकित्सा शिक्षा आयोगले भदौमै सिट निर्धारण गरेकोमा अहिले सुदूरपश्चिम विश्वविद्यालय, स्वास्थ्य विज्ञान संकाय डडेल्धुराले बिएस्सी नर्सिङ र पब्लिक हेल्थको अध्यापनका लागि भर्ना खोलेको हो।

‘चिकित्सा शिक्षा आयोगले स्नातक तहको छात्रवृत्ति तर्फको पहिलो चरणमा म्याचिङ भई आएका विद्यार्थीका लागि भर्ना सम्बन्धि सूचना जारी गरेको थियो,’ सुदूरपश्चिम विश्वविद्यालय, स्वास्थ्य विज्ञान संकायका डिन हेमनाथ जोशीले भने, ‘सोहीअनुसार डडेल्धुरामा ब्याचलर इन मेडिकल ल्याब टेक्नोलोजी, बिएस्सी नर्सिङ र पब्लिक हेल्थमा भर्नाका लागि सिफारिस भएका विद्यार्थीलाई भर्ना गर्नका लागि स्वास्थ्य विज्ञान संकाय डडेल्धुराले सूचना जारी गरेको छ।’ उनक अनुसार बिएस्सी नर्सिङका लागि २० तथा ब्याचलर इन मेडिकल ल्याब टेक्नोलोजी र पब्लिक हेल्थको लागि १०÷१० जनाको सिट आयोगले निर्धारण गरेको थियो। १४ गतेसम्म भर्नाको अवधि तोकिएको छ।

सिट निर्धारण गर्दा चिकित्सा शिक्षा आयोगले अर्थ मन्त्रालयले स्रोत सहमति दियो भने मात्रै अध्यापन सुरु हुने बताएको थियो। तर, सुदूरपश्चिम विश्वविद्यालयले अर्थको सहमति नहुँदासम्म विश्वविद्यालयले नै जिम्मा लिने पत्र आयोगलाई पठाएपछि भर्ना प्रक्रिया अगाडि बढाइएको डिन जोशीले बताए।

एमबीबीएस अध्यापनका लागि भने डडेल्धुरा अस्पतालको स्तरोन्नति हुन आवश्यक छ। ‘अहिले डडेल्धुरा अस्पताल एक सय शय्याको स्वीकृत दरबन्दीअनुसार सञ्चालन भइरहेको छ,’ डिन जोशीले भने, ‘डडेल्धुरा अस्पताल स्तरोन्नति भएर तीन सय शय्यामा सञ्चालन भएको तीन वर्षपछि मात्रै हामीले एमबीबीएसको अध्यापन अनुमति पाउनेछौँ।’ उनका अनुसार, मेडिकल कलेजमा एमबीबीएसको अध्यापन गराउनका लागि तीन वर्षसम्म तीन सय शय्याको अस्पताल सञ्चालन गरेको हुनुपर्छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>