कञ्चनपुरको लालझाडीमा जंगली हात्तीको त्रास मात्रै होईन आतङ्क मच्चाईरहेको छ । जिल्लाको दक्षिणी क्षेत्र लालझाडी गाँउपालिकामा जंगली हात्तीको त्रास मात्रै होईन आतङ्क मच्चाईरहेको हो ।
जंगली हात्तीले मानिसको ज्यान लिनेदेखि अन्नबालीमा रजाई गरिरहेको छ तर, देशका तीन सरकार छन, उनीहरु मुखर्दशक बनेका छन । केही दिन अघि मात्रै जंगली हात्तीको आक्रमणमा परेर रामदल रानाले ज्यान गुमाएको घटना सेलाउन नपाउँदै बेलौरीमा समेत अर्का युवक चौधरीले ज्यान गुमाएका छन ।
गयराती मात्रै जगली हात्तीको बथानले लालझाडी गाँउपालिका ४पर्सियामा रहेको भृकुटी ईङलिस बोडिङ्ग स्कुलमा समेत क्षति गरेको छ । भृकुटी ईङलिस बोडिङ्ग स्कुलका प्रबन्ध निर्देशक भक्ता रानाले हात्तीले विद्यालयको ढोका तोडफोड का साथै प्रिन्टर उपकरण पनि तोडफोड गरिदिएको बताए । यसका साथै पर्सियाकै स्थानीय किसान चेतराम रानाको १ विगाह रिखीराज रानाको ४ विगाहको उखुखेती नष्ट गरिदिएको छ । लालझाडी स्थानीय करन रानाले लालझाडीमा हात्तीले निरन्तर मानिसदेखि अन्नबाली, भौतिक सरचनामा क्षति पुर्याउँदा समेत स्थानीय जनप्रतिनिधी सरकारले वास्ता नै नराखेको दुखेसो पोखेका छन । हात्तीको क्षति न्यूनिकरणका लागि स्थानीय सरकारले चासो दिनुपर्ने उनको भनाई छ ।
याे घट्ना लगत्तै पालिका अध्यक्ष निर्मल राना, वडा ५ का अध्यक्ष पहल बहादुर थापाले अनुगमन गरेका छन । अनुगमन पछि पालिका अध्यक्ष रानाले पालिकाले तत्कालकाे गर्ने काम पालिकाले गर्ने र बाकि नियम अनुसार माथिका सरकार लाई अनुराेध गर्ने अध्यक्ष रानाले बताएका छन ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया