कञ्चनपुर जिल्लाको महेन्द्रनगर स्थित भाषिमा आयोजना भएको आदर्श कप भेट्रान पूरुष फुटबल प्रतियोगिता २०८१ भब्यताका साथ सम्पन्न भएको छ।
आदर्श नेपाल भाषीले कार्तिक ३ देखि १२ गते सम्म संचालन गरेको आदर्श कप भेट्रान फुटबल प्रतियोगिता २०८१ एक कार्यक्रमका बीच सम्पन्न भएको हो। उक्त प्रतियोगिताको फाइनलमा नगर खेलकुद समिति, भीमदत्त नगरपालिका वडा नं. ४ र बेदकोट नगर खेलकुद समिति बीच प्रतिस्पर्धात्मक खेल भएको थियो। जसमा भीमदत्तले बेदकोट लाई २-० गोलको अन्तरले हराउदै च्याम्पियन ट्रफी उचालेको छ।
भीमदत्त नगरपालिका वडा नं. ४ को तर्फबाट खेलको पहिलो हाफ सुरु भएको ८ मिनेटमा भीमदत्त नगरपालिका वडा नं.४ का खेलाडी अशोक सिंहले टिमको लागि पहिलो १ गोल गरे भने अनुभवी उत्कृष्ट खेलाडी गणेश चटौतले दोस्रो हाफमा अर्काे गोल गर्दै उपाधी रक्षा गरेको हो। फाइनल खेलमा भीमदत्त नगरपालिका ४ का खेलाडी महेन्द्र चन्दले म्यान अफ द म्याच घोषित भए भने उत्कृष्ट डिफेन्डर पनि चन्दले नै हात पारेका छन्। उत्कृष्ट गोलरक्षक भीमदत्त नगरपालिका ४ का खेलाडी शंकर श्रेष्ठले,उत्कृष्ट मिडफिल्डर घोषित भएका छन्। वेदकोट नगरपालिकाका सुरेश आलेले हात पारेका छन् , बेस्ट स्टाइकरमा वेदकोट नगरपालिकाका खेलाडी झंकरराज जोशी घोषित भए ।
प्रतियोगिताको अनुशासित टिमको उपाधी भीमदत्त नगरपालि वडा नं. २ रहेको आयोजकले जनाएको छ । आदर्श कप भेट्रान पूरुष फुटबल प्रतियोगिता २०८१ मा प्रथम हुने टिम भीमदत्त नगरपालिका वडा नं.- ४ ले ३१ हजार नगद सहित प्रमाणपत्र मेडल,ट्रफी पाएको छ भने, दोस्रो हुने टिम वेदकोट नगरपालिकाले नगद २१ हजार सहित प्रमाणपत्र मेडल,ट्रफी मा चित्त बुझाएको छ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया