कञ्चनपुरको लालझाडीमा जंगली हात्तीको बथानले निरन्तर आतङ्क मच्चाईरहेको छ । लालझाडीमा हात्तीको बथान समुहले मानिसदेखि अन्नबाली, भौतिक सरचना क्षति गरिरहेकामा बुधबार बाख्रा समेत क्षति गरेकाे छ । बुधबार पनि लालझाडी गाँउपालिका ४ पर्सियाका केही किसानका बाख्रा मारिदिएको छ ।
घर गुजारादेखि तिहारका लागि तयार पारिएका बाख्रा कुच्चिएर मारिदिएपछि किसान मारमा परेका छन । रमेश रानाका २, अनोखा रानाका १, आस्था रानाको १, गुडड्डी रानाको १ र महमती रानाको १ बाख्रा कुल्चिदिएर मारिदिएको छ ।
गत असोजदेखि जंगली हात्तीले लालझाडीमा रामदल रानामाथि आक्र्रमण गरेर मारिदिएपछि यता दैनिक हात्तीको आतङ्क कायमै हुँदा समेत स्थानीय सरकारले कुनै वास्ता नराखेको भन्दै नागरिक रुष्ट भएका छन । हात्तीको आक्र्रमणबाट मानिस, जनावर, अन्नबाली, विद्यालय, भौतिक सरचना घरबासमा क्षति पुर्याउँदा समेत सरकारलाई वास्ता नभएको भन्दै नागरिक रुष्ट रहेका हुन । उनीहरुले हात्ती रोकथामका लागि प्रयास गरिदिन माग अघि सारेका छन ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया