Samriddhipost
२०८१ मङि्सर ०६ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ कार्तिक २१ गते बुधबार

बिस्तापितकाे संघारमा १८ नम्बर बस्ती

१८ नम्ब र बस्ति  पूर्वमा जोगबुडा नदी पश्चिमपट्टि भारत उत्तर प्रदेशको पिलिभित जिल्लाको बोदीपुर गाउँ । दुबै देशका खेतको साँध नै सिमा बनेको छ । एकान्त कुनामा रहेको यो ठाउँ दोधारा चाँदनी नगरपालिका–१० मा पर्ने जोगबुडा नदी किनारको बस्ती हो । त्यहाँ ७ परिवारको मात्रै बसोबास छ ।
केही वर्षअघिसम्म यो बस्ती पूर्ण रूपमा भारततर्फै निर्भर थियो । यहाँका बासिन्दा किनमेलदेखि औषधि उपचारका लागि भारतकै भर पर्थे । बारीमा उत्पादन भएको साग, तरकारी पनि भारतीय बजारमै बिक्री गर्थे ।
अहिले बस्तीको अवस्था फेरिएको छ । जोगबुडा नदीमा झोलुंगे पुल निर्माणपछि किनमेलदेखि औषधि उपचार र कृषिजन्य उत्पादन बेच्न दोधारा चाँदनीमै तथा महेन्द्रनगर बजारसम्म पुग्न थालेका छन् । ‘तरकारी झोलुंगे पुलबाटै लैजान्छौं । धान, गहुँ नदीमा पानी घटेपछि हिउँदमा मात्रै लैजान सकिन्छ,’ १८ नं. बस्तीका दिलबहादुर राना क्षेत्रीले भने, ‘यसपटक जोगबुडाले कटान गरेर बस्ती नै जोखिममा छ ।’
असार अन्तिम साताको भीषण वर्षापछि आएको बाढीले उक्त क्षेत्रको झोलुंगे पुलसमेत जोखिममा परेको छ । विभिन्न संघसंस्था र वडा कार्यालयको सहयोगमा कटान रोकथामका लागि अस्थायी तटबन्ध निर्माण गरिए पनि यस पटकको जस्तै बाढी आए पुलसँगै बस्तीसमेत बगाउने जोखिम रहेको स्थानीय बताउँछन् । यहाँ धान, गहुँ र उखुसँगै बेमौसमी तरकारी खेती पनि गरिन्छ । अहिले मुला, भान्टालगायत तरकारी दोधारा चाँदनीका मुख्य बजार बाबाथान र चाँदनीमा बिक्री भइरहेको छ । बढी उत्पादन भएका बेला महेन्द्रनगरसम्म पुर्‍याउने गरेको क्षेत्रीले बताए ।
यहाँका युवा रोजगारीका लागि भारत पसेका छन् । उनीहरू दिल्ली, गुजरात र मुम्बई लगायतका ठाउँमा रोजगारी गर्छन् । यहाँ रहेका १७ युवामध्ये एक/दुई जना मात्रै गाउँमै खेतीपाती गर्छन् । अन्य घरमा भने महिला र वृद्धवृद्धाले खेतीपाती गर्छन् । यसैका भरमा उनीहरूले घरव्यवहार चलाएका छन् । बस्तीमा दुई दशकअघिसम्म करिब ४० परिवारको बसोबास थियो । जोगबुडा नदीले धार परिवर्तन गर्दै जमिन कटान गर्न थालेपछि स्थानीय विस्थापित हुन थालेका हुन् । उनीहरू जोबगुडा पारि पुगेका छन् । ‘नदिले जमिन काट्दै गएपछि परिवार घट्दै गए, अब हामी थोरै मात्रै वारि रह्यौं,’ स्थानीय मायादेवी सुनारले भनिन्, ‘धेरै परिवार नदी पारि गइहाले, अचेल उतै बस्न थालेका छन् ।’

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>