Samriddhipost
२०८१ मङि्सर ०६ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ कार्तिक २५ गते आइतबार

असहाय महिला उत्थान तथा संस्कृति जगेर्ना केन्द्र महेन्द्रनगर कञ्चनपुरकाे  प्रथम साधारण सभा सम्पन्न

खडक ब. काेली 
असहाय महिला उत्थान तथा संस्कृति जगेर्ना केन्द्र महेन्द्रनगर कञ्चनपुरकाे  प्रथम साधारण सभा सम्पन्न भएको छ। शनिबार सम्पन्न भएको साधारण सभाले पुनः मञ्जु गिरीको अध्यक्षतामा सात सदस्यीय समिति चयन गरिएको हाे। उपाध्यक्षमा गोदावरी भण्डारी ,सचिव पूजा गिरी, कोषाध्यक्ष निलम पाण्डेय,सह सचिव गोमा पनेरु सदस्यहरूमा मथुरा पाल र पार्वती खत्री चयन भएका छन्। मञ्जु गिरीको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि समाजसेवी तथा सुदूरपश्चिम विश्वविद्यालयका सिनेट सभा सदस्य कृष्णदत्त जोशी ( बाेक्सर) रहेका थिए भने विशिष्ट अतिथिमा भिनपा ९ का वडाध्यक्ष गगनसिंह कार्की, भलिबल राष्ट्रिय प्रशिक्षक जगदीश प्रसाद भट्ट रहेका थिए।

अध्यक्ष गिरीले२०७९  साल साउन १७ गते शुरु भएको असहाय महिला उत्थान तथा संस्कृति जगेर्ना केन्द्रले विभिन्न सङ्घर्षले गर्दा यहाँसम्म पुर्‍याएको बताएकी छन् होली भैली खेलेर उठेकाे रकमबाट वृद्धाश्रम, बाल अनाथालयमा सहयोग गरिएको बताइन्। उनले सुदूरपश्चिमको कला संस्कृति देउडा गौरा , सभ्यता , भेषभुषाअगाडि बढाउने उद्देश्यले सञ्चालन गरेको संस्थालाई स्थानीय सरकार ,प्रदेश सरकार र केन्द्रिय सरकारलाई सहयाेगकाे आग्रह समेत गरेकी छन्।

प्रमुख अतिथि जोशीले आफ्नो भेषभुषा संस्कृति धर्मलाई जगेर्ना गर्ने संस्था भएकोले आफूले सक्दो सहयोग गर्ने बताए कार्यक्रममा बोल्दै जोशीले आफू कुनै पनि राजनीतिक पार्टीमा नरहेको र सामाजिक सेवामा लागेको प्रष्ट पारेका छन्। सुदूरपश्चिमको भाषा कला संस्कृति जोगाउनु सहयोग गर्ने बताए। विशिष्ट अतिथि समेत रहेका हिमालयन एकेडेमीका प्रिन्सिपल तिलक सिंह भाटले आफू यस संस्थामा विगतदेखि जोडिएकोले यस केन्द्रले भुलेका संस्कृती सम्झाउने नयाँ कुरा सिक्नुपर्ने लगायत सभ्य संस्कृति, साहित्य जस्ता महत्वपूर्ण काम गर्दै आएकोले महिला दिदीबहिनीहरुलाई  आर्थिक ,सामाजिक र राजनीतिक रूममा अगाडि बढाउनुपर्ने बताएका छन्। कार्यक्रमको सञ्चालन संस्थाकी सचिव कमला धामीले गरेकी थिइन। कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम, देउडा ,गजल ,कविता लगायत विभिन्न कार्यक्रमहरू गरिएको थियो संस्थाले विभिन्न कलाकारहरूलाई  आर्थिक, सामाजिक भौतिक रूपमा सहयाेग गरेकाले सम्मान र प्रमाणपत्र समेत दिएको थियो।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>