Samriddhipost
२०८१ कार्तिक २८ गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ कार्तिक २६ गते सोमबार

शैक्षिक सुधारको लागि दोधारा चाँदनीमा मेयर लिम्बुको छड्के

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाले विद्यालय अनुगमन थालेको छ् । शिक्षाको गुणस्तर, भौतिक र वाातारणिय अवस्था बारे थप जानकारी लिने उद्देश्यले दोधारा चाँदनी नगरपालिका भित्र रहेका सामुदायिक बिद्यालयहरुमा अनुगमन थालेको हो । दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुको नेतृत्वको नगर शिक्षा समितिको टोली विद्यालय अनुगमनका थालेको हो । दोधारा चाँदनी नगर शिक्षा समितिको टोलीले शैक्षिक सुधारको लागी छड्के अनुगमन थालेको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् । अनुगमन कार्य निरन्तर भईरहेको बताउदै नगरपालिका कार्यालयले कार्यविधी निमार्ण गरेर सबै बिद्यालयका शिक्षक, शिक्षिकाहरुलाई सरुवा गर्ने वा अदली बदली गर्ने कार्य सकेर र त्यसको प्रभावकारिता बुझ्नको लागी बिद्यालय अनुगमन थालेको नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् । अनुगमनका क्रममा विद्यालयको समग्र शैक्षिक अवस्था बारे जानकारी लिईएको छ् । भौतिक अवस्था, विद्यार्थी संख्या, विद्यालयका समस्याका बारेमा अनुगमन टोली जानकारी लिएको छ् । नगर शिक्षा समितिका संयोजक एवम् दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले बिगतका दिनहरु भन्दा शिक्षामा सुधार भएको बताउनुभयो । आफु आएपछि स्थानिय पाठ्यक्रम निमार्ण गरेर बिद्यालयहरुमा पठन–पाठन समेत सुरु भएको नगर प्रमुख लिम्बुले बताउनुभयो । स्थलगत अनुगमन, अवलोकन गरेर अवस्था हेर्ने, समस्या सुन्ने, समस्या देख्ने र समाधानका लागि पहल गर्दै आएको उहाँको भनाई रहेको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. १ मा रहेको महाकाली आदर्श माबि र वडा नं. २ मा रहेको पुर्णा आधारभुत बिद्यालयको आज छड्के अनुगमन गरिएको दोधारा चाँदनी नगरपालिका नगर शिक्षा समितिले जनाएको छ् । अनुगमन कार्यलाई निरन्तरता दिदै जाने समेत बताईएको छ् । अनुगमनको क्रममा पुर्णा आधारभुत बिद्यालयका एक शिक्षिका मञ्जु लोहारले दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख नेतृत्वमा नगर शिक्षा समितिको अनुगमनले नगर क्षेत्रको शिक्षा बिकासलाई ठुलो बल पुग्ने बताउनुभएको छ् । अनुगमनले शिक्षकहरुमा सकारात्मक बिकास हुने र बिद्यालयमा भएका कमी कमजोरीहरु पत्ता लगाई सुधार गर्न सहज हुने शिक्षिका मञ्जु लोहारले बताउनुभयो । विद्यालयले नगर शिक्षा समितिको अनुगमन टोली सित विद्यालयका भौतिक, शैक्षिक, र अन्य अवस्थाको बारेमा जानकारी गराएका गराएको हो । पछिल्लो पटक बाढीको कारण पनि विद्यालयमा ठुलो प्रभाव पारेको बिषयमा नगर प्रमुखलाई प्रधानध्यापकहरुले अवगत गराएका छन् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा २२ वटा सामुदायिक बिद्यालय, २० वटा संस्थागत बिद्यालय र बिद्यालयमा र समुदायमा गरि ४६ वटा वालबिकास कक्षाहरु संचालनमा रहेका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>