आफु अध्ययनरत विद्यालयको बसको ठक्करले कञ्चनपुरमा एक बालक (विद्यार्थी)को मृत्यु भएको छ । शुक्लाफाँटा नगरपालिका ५ बनसमितिका ८ बर्षिया बालक अनमोल कुँवरको आफै अध्ययनरत विद्यालयको बसको ठक्करले मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी चक्रराज जोशीले विद्यार्थी छाडेर विद्यालय फर्किने क्रममा कृष्णपुर नगरपालिका २ बाणिबंकको डाईमण्ड ईङलिस बोडिङ्ग स्कुल ना ३ ख ८१४६ नम्बर बसको ठक्करबाट सोही विद्यालय कक्षा १मा अध्ययनरत बालक कुँवरको मृत्यु भएको छ ।
सोमबार साँझ कुँवर सहितका विद्यार्थी ओसारेर बस अघि बढ्दा ठक्करले कुँवर घाईते भएका थिए । उनको भारतको ईभिए अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो मृत्यु भएको हो । कुँवर वाणीबंक स्थित मामा घर बसेर उक्त बोडिङ्ग स्कुलमा पढ्दै आएका छन ।
आफन्तले चरम लार्पबाही मापदण्ड विपरित विद्यालय बस संचालन भएको भन्दै घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका छन । उक्त घटना बारे कञ्चनपुर प्रहरीले छानबिन भईरहेको जनाएको छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया