Samriddhipost
२०८१ मङि्सर २५ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
सुनील ऐर सुनील ऐर
२०८१ कार्तिक २८ गते बुधबार

नावालक विद्यार्थी मृत्यु प्रकरणमा अखिल क्रान्तिकारिकाे आयाे बिज्ञप्ति, परिवार बाट ६ जना बिरुद्ध किटानी जाहेरि
कृष्णपुरका मेयर खेमराज ओझा र कंचनपुर प्रहरी प्रमुख चक्रराज जाेशी

आफ्नै स्कुल बसको ठक्करले मृत्यु भएका विद्यार्थी अनमोल कुँवरको घर परिवार परिवारले ६ जना बिरुद्धका किटानी जाहेरी दिएका छन । बुधबार ईलाका प्रहरी कार्यालय झलारीमा सवारी ज्यान कसुरमा बस चालकदेखि प्रिन्सिपल, विद्यालयका मालिक अध्यक्षका नाममा किटानी जाहेरी दिएका हुन ।
 मृतक अनमोलका मामा शेर बहादुर विष्टले भान्जाको चरम लार्पबाहीले जानीजानी ज्यान गएको बताए । उनका अनुसार बाबु टेक बहादुर कुँवरले स्कुलका बस चालक धन बहादुर विष्ट, सह चालिका, विद्यालय व्यववस्थापन समितिका अध्यक्ष जय नारायण जोशी, प्रिन्सिपल लाल बहादुर धामी, विद्यालयका संस्थापक लोकराज पन्त, एम्बुलेन्स चालक अजुर्न बोहरा बिरुद्धमा किटानी जाहेरि दिएको छ ।किटानी जाहेरीमा सह चालक महिलाको नाम भने खुलाएको छैन ।
भारतको ब्याङलोरमा कार्यरत मृतक अनमोलका बाबु टेक बहादुर कुँवरले दिएको जाहेरीमा घटनाको घरपरिवार पक्षलाई जानकारी समेत नदिएको भारत लखनउको अस्पताल ईवा अस्पतालमा उपचारका लागि भर्ना गरेपछि मात्रै जानकारी गराएको उल्लेख गरेका छन । उपचारका लागि साथमै गएका शिक्षक झलक भण्डारीले विद्यालय प्रशासन र संचालक लोकराज पन्तसंग सम्पर्क गरेर सुविधायुक्त अस्पतालमा लैजान भनेपनि कुनै जिम्मेबारीता नदेखाएकाले घटना घटेको किटानीमा भनेका छन । ईलाका प्रहरी कार्यालय झलारीका इन्चार्ज झलक प्रशाद शर्माले बालकको घर परिवारबाट आएको किटानी प्रकृयामा रहेको बताए । उनले बालक पक्षबाट किटानी जाहेरी आएको प्रहरीले प्रकृयामा अघि बढाएको बताए । बालकका घर परिवार आफन्तले घटना हुँदादेखि उपचारसम्मै विद्यालय एव संचालक समितिको चरम लार्पबाहीले घाईते बालकले ज्यान गुमाउनु परेको भन्दै दोषि सबैमाथि छानबिन गरेर कार्बाहीको माग अघि सारेका छन ।
मामा शेर बहादुर विष्टले घटना हुँदादेखि उपचारका लागि समेत चरम लार्पबाही भएकाले चालक धन बहादुर विष्ट भएपनि सो दिन अन्यले गाडी चलाएकै कारण घटना भएकाले उक्त पनि छानबिन हुनुपर्ने माग अघि सारेका छन । विष्ट देखाएर अन्य मानिसले चलाएकाले आफुहरुलाई उक्त षड्यन्त्र मान्य नहुने बताए । ‘विद्यालय संचालक समिति प्रशासनले समेत चरम लार्पबाही गरेकाले हामीले अबोध बालक गुमाएका छौँ, ‘उनले भने, ‘यो त दुर्घटना नभई हत्या हो, घटनामा संलग्न सबैमाथि छानबिन गरेर कार्बाही गर्नुपर्छ ।’ आफै अध्ययनरत विद्यालयको बसको ठक्करले कञ्चनपुर शुक्लाफाँटा नगरपालिका ५ बनसमितिका ८ बर्षिया बालक अनमोल कुँवरको बसको ठक्करले मृत्यु भएको थियो । विद्यार्थी छाडेर विद्यालय फर्किने क्रममा कृष्णपुर नगरपालिका २ बंकको डाईमण्ड ईङलिस बोडिङ्ग स्कुलको ना ३ ख ८१४६ नम्बर बसको ठक्करबाट सोही विद्यालयका बालक कुँवरको मृत्यु भएको थियो । कुँवर वाणीबंक स्थित मामा घर बसेर उक्त बोडिङ्ग स्कुलमा पढ्दै आएका थिए ।
मंगलबार बालकका आफन्त एव अन्य विद्यार्थीले विद्यालय पदाधिकारी, प्रशासन जिम्मेबार नभएको भन्दै आक्राेसित स्थानीयले विद्यालय घेराउ गरेर विद्यालयमाआगजनी एवं आन्दोलन गरेका थिए । बालकको मृत्युपछि विद्यालय दुईदिनदेखि तनावग्रस्थ छ । विद्यालयमा सुरक्षाकर्मीले सुरक्षा दिईरहेका छन । उक्त घटना बारे कञ्चनपुर प्रहरीले छानबिन भईरहेको जनाएको छ । घटना पछि कृष्णपुरका मेयर हेमराज ओझा , वडा २ का वडाध्यक्ष अर्जुन सिह साउद सहितका जनप्रतिनिधीले विद्यालय, पीडित पक्षसंग छलफल गर्दै समस्याको निकासका लागि पहल गरेका छन ।
 सरोकारवालाले सयमित भएर घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाही गर्दै अव उपरान्त यस्ता घटना दोहोरिन नदिन आग्रह गरिएको छ । घटना घटेको दुईदिनसम्म विद्यालयले कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।
अखिल क्रान्तिकारिले निकाले बिज्ञप्ति
 क्रान्तिकारि जिल्ला समिति कंचनपुर अध्यक्ष डिबि धामीकाे हस्ताक्षरमा जारि बिज्ञप्तिमा कञ्चनुर जिल्ला शुक्लाफाटा नगरपालिका ५ का ८ वर्षीय वालक अनमोल कुँवर आफै अध्ययनत विद्यालय डाईमण्ड ईङलिस स्कुलको बसको ठक्कर बाट मृत्यु भएको घटना प्रति संगठनकाे गम्भिर ध्यानाकर्षण भएको उल्लेख गर्दै मृत आत्माको चिर शान्तिको कामना सहित शोकाकुल परिवार जनप्रति गहिरो समवेदना व्याक्त गर्दै घटनाको निस्पक्ष र सत्यतथ्य छानविन गरी पिडितलाई उचित क्षतिपूर्ति सहित दोसी उपर कानुन बमोजिम कडा कार्वाहिको जोडदार माग गरेकाे छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>