खडक ब. काेली
कर प्रणालीको सार लगानीको आधार भन्ने मूल नाराका साथ आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरले राष्ट्रिय कर दिवस २०८१ कर सप्ताह शुभारम्भ तथा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ। कर दिवसको पहिलो दिन राजस्व कार्यालयबाट सुरु भएको प्रभात फेरि कार्यक्रम बजार परिक्रमा गरी कार्यालयको प्राङ्गणमा शुभकामना आदानप्रदान गरेको प्रमुख कर अधिकृत डमरु प्रसाद पराजुलीले बताए। मङ्सिर १ गते कर सप्ताहको पहिलो दिन उद्घघाटन गरियो ३ गतेदेखि करदाताहरूसँग छलफल अन्तरक्रिया गरिने कञ्चनपुर जिल्लाका विभिन्न करदाता, निर्माण व्यवसायी संघ कञ्चनपुर ,झलारी, पुनर्वास, बेलौरी, लगायतका ठाउँमा गई करदाताहरूसँग कर शिक्षा सम्बन्धि कार्यक्रम गरिने कार्यक्रम सभापति तथा प्रमुख कर अधिकृत पराजुलीले बताएका छन्। मंसिर १ गतेदेखि सुरु भएको कर सप्ताह कार्यक्रम मङ्सिर ७ गते समापन गरिने र उक्त समापन कार्यक्रममा उत्कृष्ट करदाता र एकजना कर्मचारीलाई समेत सम्मान गरिने प्रमुख र अधिकृत पराजुलीले जानकारी दिए। कर प्रणालीको सार,लगानीकाे आधार भन्ने नाराले लगानीको आधार बढने र निरन्तर व्यवसायीमा लागेकाहरुका लागि कर प्रणालीले फड्को मारेको कर प्रणालीमा आएको सुधारले लाइन लागेर दुख भोग्नु नपरेको अनलाइनबाटै कर तिर्न सक्ने व्यवस्था रहेको छ। कर प्रशासन र करदाताहरूबीच भेटघाट नभई फेस लेस र पेपरलेस सेवा दिनुपर्छ भनेर आन्तरिक राजस्व कार्यालय लागिरहेको बताउदै करदाताले अनलाइन सिस्टमबाट कर तिर्न सक्ने व्यवस्था भएपनि सबै करदाताहरूलाई अनलाइन सिस्टम चलाउन नजान्ने भएकाले करदाताहरूलाई शिक्षा दिन सप्ताहव्यापी कर शिक्षा दिनका साथै प्रत्येक महिनाको १ गते र १५ गते करदाताहरूलाई कर शिक्षा दिनका लागि अन्तरक्रिया, छलफलमा सहभागि हुनु राजस्व कार्यालयमा आउन समेत आह्वान गरिएको छ। उक्त सप्ताह समुद्घाटन कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख दुर्गादत्त बोहरा रहेका थिए भने कार्यक्रममा विभिन्न संघसंस्था, जनप्रतिनिधि ,करदाता, सरोकारवालाहरूको उपस्थिति रहेको थियो। २०७९ साल देखि मनाउदै आएको कार्यक्रम भव्य सभ्यताका साथ मनाउने प्रमुख कर अधिकृत डमरु प्रसाद पराजुलीलेबताएका छन्। त्यसैगरी असल करदाताहरु मध्ये लकी ड्रबाट नवप्रतिभा पब्लिक स्कुलका प्राधानाध्यापक वीर बहादुर चन्द असल करदाता घोषित भएका छन्। उनलाई समापन कार्यक्रममा मायाको चिन्ह, पुरस्कार र सम्मान गरिने भएको छ चन्द लकी ड्रबाट असल करदाता घोषित भएकोले खुसी हुँदै राजस्व कार्यालय महेन्द्रनगरलाई धन्यवाद दिएको छ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया