Samriddhipost
२०८१ मङि्सर ०६ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ मङि्सर ०३ गते सोमबार

पहिराे खस्दा दार्चुला बैतडी सडक अवरुद्ध यात्रु अलपत्र ।
साङ्केतिक फाेटाे

बैतडी र दार्चुला जोड्ने दशरथचन्द राजमार्ग सडक माथिबाट पहिरो खस्दा अबरुद्ध बनेको छ । जिल्लाको पाटन नगरपालिका वडा नम्बर–४ जेउडेमा आइतवार ६ बजेको समयमा मोड सुधारको क्रममा कटिङ क्षेत्रबाट खसेको पहिरोले सडक पूृर्णरुपमा अबरुद्ध बनेको सडक डिभिजन कार्यालय पाटनका प्रमुख लक्ष्मणदत्त जोशीले जानकारी दिनुभयो ।
प्रहरी र प्राविधिक टोलीले स्थलगत निरीक्षण गरेको र रातीको समयमा पहिरो पन्छाउन सकिने अवस्था नरहेकाले अहिले बिहानैदेखि पहिरो पन्छाउने काम थालिने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी नायव उपरिक्षक मकेन्द्र मीश्रले बताउनुभयो । पहिरोको जोखिम अझै पनि रहेकाले रातीको समयमा सडक खुलाउन नसकिएकाे बताईएको छ ।
सडक अबरुद्ध बनेसंगै बैतडी र दार्चुलाबाट छुटेका छोटो तथा लामो दुरीका सवारीसाधनहरु त्यही रोकिएका छन्, भने यात्रुहरु अलपत्र अवस्थामा रहेका छन् । प्रशासनले दार्चुला र बैतडीबाट छुटेका सवारी साधनका यात्रुहरुलाई सतबाज लगायतका बजार क्षेत्रमा सुरक्षित राख्न आग्रह गरेको छ, भने तराइका जिल्लाबाट आएका सवारी साधनका यात्रुहरुलाई पाटन बजारमा बस्न आग्रह गरिएको छ ।
सोही व्यवस्थापनको लागि जिल्ला प्रहरी कार्याय बैतडी र इलाका प्रहरी कार्यालय पाटनको टोली यात्रु व्यवस्थापनमा खटिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>