भारतीय स्थल सेनाका प्रमुख उपेन्द्र द्विवेदीले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने भएका छन् । दिउँसो २ बजेपछि प्रधानमन्त्री ओली र द्विवेदीको बिचमा भेटवार्ता तय गरिएको नेपाली सेनाका एकजना उच्च अधिकृतले बताए ।
द्विवेदीले शुक्रबार रक्षामन्त्री मानवीर राईसँग पनि भेट्दै छन् । भारतीय सेना प्रमुखले आज प्रधान सेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेका छन् । भेटमा भारत र नेपालको आपसी हित र पारस्परिक सम्बन्धबारे छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । दुई देशका सेनाध्यक्षलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परालाई निरन्तरता दिनेबारे दुवै सैनिक प्रमुखबिच छलफल भएको छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया