Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ माघ ०३ गते सोमबार

मदन राज जाेशी-

 दोधारा चाँदनी नगरपालिकाको सिमा क्षेत्रबाट भारत जान लागेको एक महिलाको उद्धार गरिएको छ् ।बेतकोट नगरपालिका धरमपुर बस्ने वर्ष अन्ताजी २९ कि एक महिला दोधारा चाँदनी नगरपालिका वडा नं. १० कुतियाकवर नेपाल–भारत सिमा नजिकबाट भारत जान लागेको अवस्थामा सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (कुतियावकर), बाबाथान प्रहरी चौकी र माईती नेपालको टोलीले उद्धार गरेको हो । दोधारा चाँदनी नगरपालिकाको कुतियावकर क्षेत्रबाट महिला भारत जान हिडेको अवस्थामा सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (कुतियावकर) को एक टोलीले रोकेको हो । सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (कुतियावकर)का सई देबेन्द्र नाथका अनुसार जोखिमरुपमा चोटपटक लागेको अवस्थामा एक्लै महिला भारत जान लागेको अवस्थामा सोधपुछ गर्दा शंकाको आधारमा उक्त महिलालाई रोकेको बताएका छन् । महिलाको हात र मुखमा निलडाम हुने गरि चोट देखिएको बताईएको छ् । सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (कुतियावकर), बाबाथान प्रहरी चौकी र माईती नेपालको टोलीले प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा उनको उपचारपछि ईलाका प्रहरी कार्यालय दोधारा चाँदनी ल्याईएका थिए । मानसिक अवस्था अलिक कमजोर जस्तो देखिएको ति, महिलालाई थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय पठाईएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक भरत राज गिरीले बताएका छन् ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>