बैद्धिक तथा शैशिक क्षेत्रमा टेवा पुर्याउन सहकारिले संस्थाले स्थापना दिवसमा विद्यालयमा हाजिरि जवाफ प्रतियोगिता सम्पन्न गरेकाे छ ।
शुक्लाफाँटा नगरपालिका–१० स्थित कञ्चन झलारी बचत तथा ऋण सहकारी संस्थाले स्थापना दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता गरेको हाे । सहकारीको १२ औं स्थापना दिवसको अवसरमा वडा- ४ स्थित राष्ट्रिय माध्यमिक विद्यालय पिपलाडीमा माध्यमिक स्तरीय अन्तर सदनात्मक हाजिरी जवाफ प्रतियोगिता गरेको हो।
हाजिरी जवाफ प्रतियोगितामा कक्षा १० अध्ययनरत ईश्वरी जोशी, अभिषेक सुनार, कक्षा १२ मा अध्ययनरत राजेन्द्र महरा र कक्षा १२ कै बशन्त जोशी प्रथम भएका छन्। प्रतियोगितामा द्धितीय कक्षा ९ मा अध्ययनरत एन्जिला बोहरा, नविन जोशी, कक्षा १० मा अध्ययनरत लोकेन्द्र ओझा, कक्षा १२ मा अध्ययनरत आयुषा गडौरा भएका छन्।
सान्तवना पुरस्कार सुदर्शन कुँवर, मञ्जु ओली, निलम जोशी, हरिश जोशी, भाष्कर जोशी, पूर्णिमा दमाई, हरिशचन्द्र जोशी र गायत्री पाण्डेयले पाएका छन्। प्रथम द्धितीय र सन्त्वनाका रुपमा शैक्षिक सामाग्री वितरण गरिएको थियो। सामाजिक उत्तरदायित्व अन्तर्गत सहकारी संस्थाले हरेक वर्ष विभिन्न कार्यक्रमहरू गर्दै आएको छ।
सोमबार सहकारी संस्थाका अध्यक्ष जोगीसिंह सोवको अध्यक्षतामा भएको हाजिरी जवाफ प्रतियोगिता कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष अमरबहादुर धानुक प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक धनसिंह महरा विशिष्ट अतिथि रहनुभएको थियो।
विद्यार्थीहरूको बौद्धिक तथा शैक्षिक विकासका लागि सहकारीले यस वर्ष राष्ट्रिय मावि पिपलाडीमा हाजिर जवाफ प्रतियोगिता गरेको कार्यक्रम संयोजक तथा सहकारी संस्थाका कोषाध्यक्ष दीपकराज भट्टले बताउनुभयो ।
कार्यक्रम संयोजक भट्टका अनुसार संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्नो कार्यक्षेत्रभित्र हरेक वर्ष विविध कार्यक्रम गर्दै सहकारी संस्थाले आफ्नो स्थापना दिवस मनाउने गरेको बताउनुभयो ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया