कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा विरामीहरुलाई फलफुल वितरण गरिएको छ । बुधवार कञ्चनपुर महेन्द्रनगर जेसीजको साप्ताहिक कार्यक्रम अन्तरगत विरामीहरुलाई फलफुल वितरण गरिएको हो । बुधबारदेखि महेन्द्रनगर जेसीजको साप्ताहिक कार्यक्रम शुरु भएको छ ।
बर्ष ०२४ का लागि महेन्द्रनगर जेसीजको साप्ताहिक कार्यक्रम शुरु भएको जनाईएको छ । महेन्द्रनगर जेसीजका कार्यकारी उपाध्यक्ष राजेन्द्र प्रशाद अवस्थीले जेसीजको साप्ताहिक कार्यक्रम अन्र्तरगत पहिलो दिन महाकाली अस्पतालमा फलफुल वितरण गरिएको बताए ।
कार्यकारी उपाध्यक्ष अवस्थीका अनुसार बिरामीलाई फलफुल वितरण गरिएको बताए । साथै अन्य दिनहरुमा सरसफाई, वृक्षारोपण लगायतका सामाजिक कार्यहरु पनि गरिने उनले बताए । कार्यक्रममा महाकाली प्रादेशिक अस्पतालका अध्यक्ष कृष्णानन्द भट्ट (किरण) ले विरामीहरुलाई फलफुल वितरणले उनिहरुलाई केही राहत हुने बताए ।
साथै आगाम दिनमा पनि यस्तै प्रकारका सहयोग को अपेक्षा रहेको बताए । उक्त कार्यक्रममा महेन्द्रनगर जेसीजका पदाधिकारी सहितका पदाधिकारी, सदस्य सहभागि भएका थिए । जेसिज महेन्द्रनगरले साताव्यापी रुपमा विवित समाजिक काम गरेर दिवस मनाउन लागेको छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया