Samriddhipost
२०८२ बैशाख ०८ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ मङि्सर १६ गते शनिबार

मांसहारि जंगली जनावरकाे क्यामेरा बाट अनुगमन गरिदै
तस्बिर संरक्षण खधिकृत मनाेज ऐर

सुदूरपश्चिम प्रदेशका वन जंगलहरुमा मांसाहारी बन्यजन्तुको अनुगमन गरिदैछ । तराईको शुक्लाफाँटा राष्ट्रियदेखि भित्रि मधेश, पहाड हिमाली क्षेत्रमा रहेको अपिनम्पा सहितका वन जंगलहरुमा बस्दै आएको बाघ सहितको मांसाहारी प्राजातिका बन्यजन्तुको अनुगमन गरिन लागेको हो । 
वन पर्यावरण बन्यजन्तु सरक्षणका क्षेत्रमा काम गर्दै आएका सरकारी तथा गैर सरकारी निकायले बाघ सहितमा मासाहारी बन्यजन्तुको अनुगमन गर्न लागिएको जनाएको छ । राष्ट्रिय प्रकृति सरक्षण कोष(एनटिएसी)ले विगत ८ महिनादेखि तराई, पहाडदेखि हिमासम्मकै वन क्षेत्रमा बसोबास गर्दै आएका बाघ सहित मासाहारी बन्यजन्तुको अवस्था अध्ययन गर्न लागेको छ । एनटिएसीका कार्यालय प्रमुख लक्ष्मीराज जोशीले तराईको शुक्लाफाँटा राष्ट्रिय सहित, भित्रिमधेश जोगबुढा, पहाडी क्षेत्र बैतडी र त्यसभन्दा उच्च हिमाली क्षेत्र दार्चुलाको अपिनम्पा, खप्तड सहितका वनजगल क्षेत्रमा स्वचालिक क्यामेरा जडान गरेर अध्ययन गर्न लागिएको बताए । ‘हामीले अहिले ५० क्यामेरा राखेर पहाडी क्षेत्रमा बन्यजन्तुको अनुगमन गर्दैछौँ, ‘उनले भने, ‘यस पटकको अनुगमन संख्यामा मात्रै नभई अवस्था पनि बुझ्ने हो ।’ 
जैविक मार्गको अवस्था विस्तारदेखि बन्यजन्तु सरक्षणका लागि बासस्थानको अवस्था बुझ्ने रहेको उनले बताए । ‘तराई वन जंगल क्षेत्रका बन्यजन्तु विस्तारै पहाडतिर पनि बसाईसराई गरिरहेको अवस्था देखिएको छ, ‘उनले भने, बाघको बासस्थान सुरक्षित छ वा छैन भन्ने अध्ययन गरिदै, अझै दुई चार महिनासम्म गछौँ ।’ 
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख सरक्षण अधिकृत मनोज कुमार शाहले चार÷चार बर्षमा संघीय सरकारले देशभरी गर्ने बाघ अनुगमन कार्यक्रम नियमित भएपनि यस पटक कार्यालयले बाघ अनुगमनका लागि फेरी क्यामेरा राखिएको बताए । उनले १२१ क्यामेरा मार्फत शुक्लाफाँटामा बाघको अनुगमन गरिने छ । ‘यस पटकको अनुगमन संख्यादेखि बाघको अवस्था बुझ्ने हो, ‘उनले भने, ‘हामीले हरेक बर्ष अनुगमन गर्दैै आएका छौँ ।’ अधिल्लो बाघ गणनामा निकुञ्जमा बाघको संख्या ४४ पुगेको थियो । 
सुदूरपश्चिम प्रदेशका वन निर्देशक हेमराज विष्टले पछिल्ला बर्षहरुमा मानव बस्ती विस्तारसंगै वन्यजन्तु सरक्षणमा चुनौती थपिएको बताए । वन निर्देशक विष्टले मानव बन्यजन्तुविचद्वन्द्व घटाउनका लागि समेत बाघ सहितका बन्यजन्तुको अध्ययन आवश्यक रहेको बताए । वन निर्देशक विष्टले वन्यजन्तु, पर्यावरण सरक्षणका लागि मानव बन्यजन्तुविचकाद्वन्द्व समेत न्यूनिकरण आवश्यक रहेको औल्याए । 
शुक्रबार वन तथा वातावरणमन्त्री ऐन बहादुर शाहीले बाघ सहितका मासाहारी बन्यजन्तुको अनुगमनका लागि राखिएको स्वचालिक क्यामेराको उद्घाटन गर्दै बन्यजन्तु सरक्षणमा जोडदिए । वनमन्त्री शाहीले वन पर्यावरण सरक्षण गरेर बन्यजन्तु र मानव दुवैको अस्थित्व रक्षा गर्नुपर्ने बताए । शुक्रबारै वनमन्त्री शाहीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नवनिर्मत भवन समेत उद्घाटन गरेका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>