लालझाडी जैविकमार्ग स्तरिय सामुदायीक वन उपभोक्ता समुहका वनहेरालुहरुको संरक्षण सम्बन्धी एक दिने सम्मेलन सम्पन्न भएको छ । कृष्णपुर नगरपालीका २ बाणी स्थीत सियmसिसिको कार्यालयमा शनिवार पुर्वप्रदेशसभा सदस्य तथा बरिष्ट संरक्षणकर्मि सियफसिसि अध्यक्ष महेश दत्त जोशीको अध्यक्षतामा आयोजित सम्मेलमा प्रमुख अथिति उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सुदुरपश्चिमका सचिव प्रमोद भटटराई रहनुभएको थियो ।
जैविकमार्ग संग जोडिएका बिभिन्न सय वनका सयजना वन हेरालुहरुको सहभागितामा एक वनहेरालुहरुको समिति चयन गरेको छ । अध्यक्षमा बोट सिह राना, उपाध्यक्ष लालमति धानुक, सचिवमा झिगनि राना, कोषध्यषमा राधा बोहरा समेत नौ सदस्यीय समिति चयन गरको छ ।
कार्यक्रममा वनहेरालुहरुका पिरमार्का सुनेर वन सचिव भट्टराईले वनहेरालुका लागी परिचयपत्र वितरणका लागी निर्देशन गर्ने, बिमा गर्नका लागी आवश्यक पहल गर्ने, निबृत हुदाका समय के गर्न सकिन्छ छलफल गर्ने, वन प्रवेशका बखतको सुरक्षाकालागी वन अधिकृतहरुलाई निर्देशन गर्ने लगायतका बिषयमा सम्बोधन गर्दै वन हेरालुहरुलाई प्रशिक्षण समेत गरेका थिए ।
सियmसिसिका अध्यक्ष जोशीले वनहेरालुहरुलाई प्रशिक्षण दिदै संरक्षणमा थप सशक्त भएर लाग्न हौसला दिदै सियmसिसिले सक्दो सहयोग गर्ने बताएका छन । कार्यक्रममा न्यानो लुगा समेत बितरण गरिएको छ ।
कार्यक्रममा तराई भू परिधि कार्यक्रम कोहलपुर बाकेको सहयोग रहेको थियने भने कार्यक्रम संस्था सचिव नरेशराज भट्टले संचालन गर्नुभएको थियो ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया