भीमदत्त नगरपालिका वडा नम्बर ६ को वडाध्यक्ष पदका लागि ५५ प्रतिशत बढि मत खसेकाे छ ।
स्थानीय तह उपनिर्वाचन अन्तर्गत कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ मा भइरहेको वडाध्यक्षको निर्वाचनका लागि ५५.०४प्रतिशत मतदाताले मतदान गर्नुभएको छ । शान्ति निकेतन माविमा आज बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान भएको थियोे ।
कञ्चनपुरका जिल्ला निर्वाचन अधिकारी उदयराज जोशीका अनुसार सो वडामा २ हजार ६ सय ६५ जना पुरुष र २ हजार ७ सय ६९ जना महिला गरी कुल ५ हजार ४ सय ३४ जना मतदाता हुनुहुन्छ । ती मध्ये ५५.४ प्रतिशतले मात्रै मतदान गर्नुभएको छ । आजै रातिदेखि मत गणना गरिने मुख्य निर्वाचन अधिकृत लिलाराज अधिकारीले बताउनु भयो ।
वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा विभिन्न राजनीतिक दलबाट १० जना र स्वतन्त्र २ जना गरी १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । २०७९ को स्थानीय तह सदस्य निर्वाचनमा भीमदत्त नगरपालिका वडा नं. ६ को वडाध्यक्षमा नेपाली काँग्रेसका महेन्द्र बहादुर खड्का निर्वाचित हुनुभएको थियो । गत वर्ष मोटरसाइकल दुर्घटनामा उहाँको देहावसान भएपछि सो वडामा उपनिर्वाचन भइरहेको हो ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया