Samriddhipost
२०८२ फागुन २१ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ मङि्सर १७ गते सोमबार

दाेधारा चाँदनीमा फेरि बाघले गर्याे आक्रमण
फायल तस्बिर

कञ्चनपुरको दोधारा–चाँदनीमा बाघले आंतक मच्चाएको छ। बाघको आक्रमणबाट एक जना घाइते समेत भएका छन्। चार महिना अघि एक महिलाको ज्यान लिएको बाघले पुनः आतङ्क मच्चाएको छ। सोमबार बिहान बाघले दोधारा–चाँदनी नगरपालिका–२ सरस्वती टोलका ६३ वर्षीय शेरसिंह साउँदमाथि आक्रमण गरेको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले गाँउकै मायापुरी जंगलमा गाईभैंसी चराउन गएको समयमा उनलाई आक्रमण गरेर घाइते बनाएको बताएका हुन्।
बाघको आक्रमणबाट घाइते भएका साउँदको चिउडो र हातमा गम्भिर घाउ भएको छ। घाइते साउँदको दोधारा–चाँदनी नगर अस्पतालमा उपचार हुन नसकेपछि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको छ। गत साउन १७ गते मात्रै बाघकै आक्रमणबाट दोधारा–चाँदनीकी २३ वर्षीया हिरा शाहको मृत्यु भएको थियो। सोमबार पुनः बाघकै आक्रमणबाट साउँद घाइते भएर अस्पताल नै भर्ना भएपछि गाउँमा त्रास बढेको स्थानीयले बताएका छन्।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>