नेपालका प्रधानमन्त्री केपि शर्मा ओली चिन भ्रमणमा छन । चिन भ्रमणका अवसरमा मंगलबार नेपालका प्रधानमन्त्री ओली र चिनका प्रधानमन्त्री ली छचाङ बिच १२ बुदा रहेकाे समझदारि पत्रमा हस्ताक्षर भएकाे छ । तर सुदुरपश्चिम क्षेत्रका माननीय तथा हालका गृहमन्त्री रमेश लेखक लगायतले तिङ्करमा त्रीदेशिय नाका बनाउने त्यस्का लागि अध्यागमन कार्यालय खाेल्ने कुरा बिगतमा सार्वजनिक गरेका थिए । नाका बनाउनका लागि दुबै देशबिच नाका खाेल्न वा पुनः संचालनकाे सहमति हुनुपर्ने आवतजावतका लागि दुबै देशले काम गर्नुपर्ने भएपनि यसबारे १२ बुदे समझदारिमा कुरा उठेकाे देखिदैन ।
यस्ताे छ १२ बुदे समझदारि ।
१. टोखा-छहरे सुरुङमार्ग पत्रको आदानप्रदान ।
२. नेपाल-चीन व्यापार अभिवृद्धिका लागि समझदारी ।
३. नौ तले बसन्तपुर दरबार पुनर्निर्माण सम्पन्न पत्र आदानप्रदान ।
४. प्रशोधित भैंसीको मासु निर्यातसम्बन्धी प्रोटोकल ।
५. विकास योजना समझदारीपत्र ।
६. आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारीपत्र ।
७. नगद सहयोगसम्बन्धी समझदारी ।
८. चिनियाँ भाषा शिक्षकसम्बन्धी सहमति ।
९. नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधिसम्बन्धी आदानप्रदान सहमति ।
१०. बिआरआईमा जतिसक्दो चाँडो स्परेखा तयार पारी एमओयू गर्ने ।
११. केरूङ-काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन जारी राख्ने ।
१२. केरूङ-रसुवागढी-चिलिमे २२० केभी सीमापार ट्रान्समिसन लाइनको सम्भाव्यता अध्ययनलाई तीव्रता दिइने ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया