Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ मङि्सर २० गते बिहिबार

वडायक दम्पत्ति हत्यामा गङ्गारामले प्रहरिमा हत्या स्विकारे

कञ्चनपुरको लालझाडी गाउँपालिका– १ का ४५ वर्षीय रमेश बडायक उनकी ४१ वर्षीया श्रीमती कमलाको हत्या रक्सी नदिएको निहुँमा गरिएको खुलेको छ । कार्तिक ९ गते बिहान आफ्नै घरमा दुवैको शव भेटिएको थियो ।

प्रहरीले घटनाबारे अनुसन्धान थालेपछि आक्रमण गर्ने व्यक्ति र कारण भने पत्ता लगाउन सकेको थिएन । घटनको करिब डेढ महिनापछि रक्सीका कारण दुबै जनाको हत्या भएको प्रहरीले ठहर गरेको छ । घटनामा संलग्नलाई पक्राउ गरेको र उनले आफूले हत्या गरेको स्वीकार गरिसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ र।हत्यामा संलग्न भएको आरोपमा प्रहरीले लालझाडी गाउँपालिका–२ बस्ने ५२ वर्षीय गङ्गाराम रानालाई पक्राउ गरेको छ ।

प्रारम्भिक बयानका क्रममा रानाले बडायक दम्पतीको हत्या गरेको स्वीकार गरेका छन् ।“८ कार्तिकको राति मदिरा सेवन गरेर बडायकको नास्ता पसलमा पुगेका रानाले मदिरा नदिएको निहुँमा आवेशमा आएर हत्या गरेको स्वीकार गरिसकेका छन्” जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेरराज जोशीले भने, “मुख्य अभियुक्तलाई पक्राउ गरेर म्याद थप हुँदै छ ।

थप अनुसन्धान बाकी छ ।”प्रहरीसमक्ष उनले आफूले रक्सी माग्दा नदिएर उल्टै हातपात गरेपछि आक्रमण गरेको बताएका छन् “एक क्वाटर दिनुहोस् भनेर बडायकको पसलमा पुगेको थिए । छैन् भनेर तथानाम गर्दै ममाथि हातपात गरे,” रानाले बयानमा भनेका छन्, “तँलाई देखाउँछु भनेर हान्ने चिज खोज्दै थिए ।

त्यही बेला नजिकै काठको डन्डा पाएपछि बडायकलाई हिर्काएर बेहोस बनाए ।”बडायकको हत्यापछि घरको बरन्डामा झुलभित्र सुतिरहेकी उनकी श्रीमतीको पनि हत्या गरेको रानाले बताएका छन् ।

सुरुका श्रीमान्लाई आक्रमण गरेपछि श्रीमती कराएको र त्यहिबेला श्रीमतीलाई पनि हत्या गरेको प्रहरीले जनाएको छ । अहिलेसम्म पनि उनले आफूले आक्रमण गरेको हतियार भने प्रहरीलाई देखाउन सकेका छैनन् ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>