नेपाली विद्यार्थी विपीन जोशी इजरायलबाट वेपत्ता भएको १४ महिना बित्यो । प्यालेस्टिनी लडाकु समूह हमासले नेपाली सम्वतअनुसार २० असोज २०८० मा बेपत्ता पारेका थिए । उनै जोशीको हालसम्म अत्तोपत्तो छैन । जोशीका परिवारसहित सिंगो नेपालीजन दुःखी छन् ।
तर, बिहीबार नेपालका लागि नवनियुक्त इजरायली राजदूत शमुलिक ए. वासले जोशी गाजा क्षेत्रमा जिउँदै रहेको सूचना पाएको बताए । द्वन्द्वको एउटा पक्ष इजरायली राजदूतको यस्तो भनाइ जोशी परिवार र सिंगो नेपालीजनका लागि खुसीको कुरा हो। वासले पत्रकार सम्मेलनमा भने, 'अरबी देशको स्रोतबाट नेपाली विद्यार्थी विपिन जोशी जीवितै रहेको सूचना हामीले पाएका छौं।' उनले नेपाल र इजरायलका लागि विपिन निकै महत्वपूर्ण रहेको बताए । विपीन छिट्टै नेपाल फर्किने उनको दाबी गरे ।
बिपिनकाे बाटाे कुरि बसेका परिवार विपीनको व्यग्र प्रतीक्षामा छ । सरकारले कूटनीतिक संयन्त्रमार्फत उनको रिहाका लागि पहल गरिरहेको छ । तर, स्थिति सार्वजनिक भएको छैन । पटकपटक युद्धविरामको बेला इजरायली र प्यालेस्टाइनीको रिहा आपसमा गरिए पनि विपीनको भएको छैन । विपीनलाई प्यालेस्टाइनी लडाकु समूह हमासले लगेको भनिदै आएको छ । उनलाई ७ अक्टोबर २०२३ (२० असोज २०८०) मा इजरायलको अलमिम किबुजबाट बन्धक बनाई हमासले गाजा क्षेत्र लगेको थियो । त्यसपछिको उनको स्थितिबारे हालसम्म इजरायल न नेपाललाई जानकारी छ ।
यहीबेला नवनियुक्त इजरायली राजदूतले विपीन जोशी जीवित रहेको र उनी चाँडै नेपाल फर्किने बताएका हुन् । हमासले विपिनसहित २ सय ५१ जनालाई बन्धक बनाएर गाजा क्षेत्र लगिएको बताइन्छ । त्यसमध्ये दुई पटक भएको युद्धविराममा १ सय ५ जना रिहा भइसकेका छन् । ८ जनालाई भने इजराइली सेनाले उद्धार गरेको थियो। वन्धकमध्ये ३४ जनाको शव गाजा क्षेत्रमा भेटिइसकेको छ। बाँकी ९६ जना अझै हमासको भूमिगत सुरुङमा बन्धक रहेको र त्यसैमध्येमा विपीन रहेको इजरायलले जनाएको छ ।
हमाससँगको लडाइँमा इजरायललाई सहयोग गर्दै आएको देश अमेरिकाको नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम सम्झौता गर्न प्रयास गरिरहेका छन् । युद्धविराम भएको अवस्थामा विपीनको रिहा हुने आशा नेपालको छ। यसअघि गत वर्षको कात्तिक १२ मा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले इजरायल हमास युद्धमा वेपत्ता भएका जोशीको सकुशल घर फिर्तीको कामना गरेका थिए । उनले बन्धक बनाइएकाहरूलाई हमासले विनाशर्त रिहा गर्नुपर्ने बताएका थिए ।
हजारौं माइल परको मध्यपूर्वमा भएको हिंसाले नेपालीलाई पनि प्रत्यक्ष असर पारेको भन्दै उनले त्यसवेला दुःख व्यक्त गरेका थिए ।
विपीन कञ्चनपुरका बासिन्दा हुन् । उनी सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायमा अध्ययनरत विद्यार्थी हुन् । उनीसहित ४९ जना विद्यार्थी 'लर्न एन्ड अर्न' कार्यक्रमअन्तर्गत २०८० को भदौ अन्तिम साता इजरायल गएका थिए। तर, एक महिना पनि नभई असोज २० गते हमासले इजरायलमा आक्रमण गर्यो। आक्रमणमा परेर सोही समूहका १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । तत्कालीन परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले विपीनलाई रिहा गर्न इजरायलसँग पटकपटक अनुरोध गरेका थिए । कतारसहितका अरब देशहरूसँग पनि रिहाका लागि पहल गरिदिन अनुरोध गरेका थिए । उनलाई विपीनको आमाबुवाले भेटेर रिहाका लागि थप पहल गर्न आग्रह पनि गरे ।
वर्तमान परराष्ट्रमन्त्री डा. आरजु राणाले असंलग्न राष्ट्रहरू सम्मिलित संगठनको मन्त्रिस्तरीय बैठकलाई गत असोज ८ मा अमेरिकाको न्युयोर्कमा सम्बोधन गर्दै जोशीको रिहाइका लागि विश्व समुदायको ध्यानाकर्षण गराएकी थिइन्। उनले नेपाल विपीन जोशीको स्वागतका लागि व्यग्र प्रतिक्षामा रहेको भन्दै यसका लागि विश्व समुदायको सहयोगको आग्रह गरिन् । यस्तोमा नवनियुक्त इजरायली राजदूत वासले विपीन जीवित रहेको र उनी चांडै नेपाल फर्किने भनेका हुन् ।
जोशीका बुवा महानन्द जोशीले आफूहरू विपीन सकुशल घर आइपुगुन् भनेर भगवानसँग प्रार्थना गरिरहेको बताए । 'हाम्रो छोरालाई सपनामा देख्छौं। उनी घर आउन चाहेको देख्छौं। विपनमा हुँदैनन् र दुःख लाग्छ', उनले प्रभावसँग भने, 'भगवान! हाम्रो छोरा सकुशल घर आइपुगुन् भनेर दिनरात प्रार्थना गरिरहेका छौं ।' हमासको आक्रमणपछि इजरायलले जवाफी आक्रमण गरिरहेको छ । हालसम्म झण्डै ५० हजार प्यालेस्टाइनी इजरायली आक्रमणमा मारिएका छन् ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया