Samriddhipost
२०८१ माघ १९ गते शनिबार
महेन्द्रनगर
२०८१ मङि्सर २१ गते शुक्रबार

सधैं ऋण ऋण भनेर सारंगी किन बजेको छ ?: प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओली चीन जानुअघि कांग्रेसले अनुदानस्वरूप आएमात्र बीआरआई स्विकार्नुपर्ने अडान राखेको थियो । त्यसपछि बीआरआईबारे कुनै सम्झौता नगर्ने शर्तमा ओली चीन उडेको बताइएको थियो । यद्यपि अन्तिम दिन चीन नेपालबीच बीआरआई फ्रेमवर्कमा सहमति भएको हो । कांग्रेस सशंकित देखिएसँगै प्रधानमन्त्री फर्कनासाथ बालुवाटारमा बीआरआई फ्रेमवर्क कार्यदलको बैठक बसेको छ । 
प्रधानमन्त्री ओलीले भने बीआरआईमा ऋण लिने कुरै नभएको दाबी गरेका छन् । चीनबाट फर्कने क्रममा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ओलीले भने ऋणको विषयमा कुनै छलफल भएन । अहिले हामीले जे प्राप्त गरेका छौं त्यो ऋण होइन भन्ने धेरैपल्ट भनेको छ ।

ओलीले अब यस विषयमा धेरैपटक दोहोऱ्याएर बोल्नै नपर्ने तर्क गरे । ऋण भन्दै सारंगी नबजाउनसमेत उनले चेतावनी दिए । 'अब धेरैपटक दोहोऱ्याउन नपरोस् । ऋणको कुरा चलेकै छैन । सधैं ऋण ऋण भनेर सारंगी किन बजेको छ ?' ओलीले प्रश्न गरे । यद्यपि स्वदेश फर्कनसाथ प्रधानमन्त्री ओलीले जारी गरेको १४ बुँदे प्रेस नोटमा बीआरआईलाई प्राथमिकताका साथ पहिलो नम्बरमा राखिएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>