Samriddhipost
२०८२ बैशाख ०८ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ मङि्सर २३ गते शनिबार

मानव वन्यजन्तु द्वन्द न्युनिकरणका लागि शुक्लफाँटामा सियफसिसिकाे अन्तरक्रिया

मानव र बन्यजन्तु द्वन्द्व न्यूनिकरणका लागि शुक्लाफाँटा नगरपालिका ११ मा शुक्रवार अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक वन समन्वय समितिले तराई भूपरिधि कार्यक्रम(ताल)को आर्थिक सहयोगमा कार्यक्रमको आयोजना गरेको हो । समन्वय समितिका अध्यक्ष महेशदत्त जोशीको सभापतित्वमा आयोजना गरिएको कार्यक्रममा नगर प्रमुख रण बहादुर महरा प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख महराले नगरपालिकाका नौ वटा वडा जङगली हात्ती प्रभावित रहेको बताउनु भयो । हात्ती लगायतका जङगली जनावर नियन्त्रण गर्नका लागि दीगो समाधानको नीति अबलम्बन गर्नुु पर्ने बताउनु भयो । उहाँले राज्यले प्रभावकारी नीति बनाएर जङगली जनावर सामाधान गर्नु पर्ने बताउनु भयो । जङगली जनावर प्रभावित क्षेत्रमा सौर्यवत्तीको व्यवस्था मिलाउनका लागि योजना बनाईने बताउनु भयो । “नयाँ ढंगले जानु पर्छ” उहाँले भन्नुभयो, “थोरै योजना तर्जुमा गरेपनि त्यो दीगो हुनु पर्छ, प्रभावकारी हुनु पर्छ ।” ताल संस्थाका कार्यक्रम बेतालका रहेको चर्चा गर्नु हुदै उहाँले समन्वय गरेर अगाडी नबढदा दीगो हुन नसकेको बताउनु भयो । कार्यक्रम दीगो रुपमा सञ्चालन गर्नका लागि संस्थाहरुले अनिवार्य रुपमा नगरपालिका संग समन्वय गर्नु पर्नेमा उहाँको जोड थियो ।

कार्यक्रमका सभापती महेशदत्त जोशीले पहिले झापाको बाहुन डाँगीमा हात्तीको आतंक भएको सुन्दै आएको भएपनि अहिले लालझाडीमा हात्तीले झापाको जस्तै आतंक मच्चाई रहेको बताउनु भयो । उहाँले हात्तीको आनीबानी थाहा नपाएर भगाउन जाँदा मानविय क्षति बढ्दै गएको बताउनु भयो । निकुञ्ज कार्यालय, डिभिजन वन कार्यालय, संग मिलेर समन्वय समितिले मानव र बन्यजन्तु द्वन्द्व न्यूनिकरणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताउनु भयो । हात्ती लगायतका जङगली जनावर रोकथामका लागि राष्ट्रिय स्तरबाटै प्रभावकारी नीति आवश्यक रहेको उहाँको भनाई थियो । स्थानिय तहले योजना तर्जुमा गर्दा जङगली जनावरबाट पीडितका लागि राहतका कार्यक्रम राख्नु पर्ने उहाँले बताउनु भयो ।कार्यक्रमका सहभागी वडा नं ११ का वडा अध्यक्ष शेर बहादुर साउदले वन क्षेत्र संरक्षण हुदा जङगली जनावरको सङख्यामा बृद्धि हुदा मानव र बन्यजन्तु द्वन्द्व बढदै गएको बताउनु भयो । उहाँले वन संरक्षण संगै जङगली जनावर व्यवस्थापनका लागि वन क्षेत्रमा प्रयाप्त आहार विहार संगै पानीका लागि पोखरीको निर्माण गरिनु पर्ने बताउनु भयो । जङगली जनावरले वर्षौ देखि प्रयोग गर्दै आएको जैविक मार्ग अतिक्रमणको चपेटामा पर्दा मानव र बन्यजन्तु द्वन्द्वले प्रश्रय पाएको उहाँले उल्लेख गर्नु भयो । वडा नं ८ का वडा अध्यक्ष बहादुर सिंह महराले वन क्षेत्रको विचमा असुरक्षित रहेका बस्तीलाई स्थानान्तरण गर्न सके जङगली जनावरबाट हुने क्षति न्यूनिकरण गर्न सकिने बताउनु भयो ।

समय अनुकुल जनावरले पनि आनीवानी परिवर्तन गर्दै लगेकाले भगाउन निकै कठिन रहेको उहाँको भनाई थियो ।वडा नं १ का वडा अध्यक्ष उत्तरदेव भट्टले जङगली जनावर संगको द्वन्द्व भन्दा पनि मानव मानविचको द्वन्द्व न्यूनिकरणका लागि प्रयास  पर्ने बताउनु भयो । जङगली जनावरको बासस्थान नविगारे द्वन्द्व कम हुदै जाने उहाँको भनाई थियो । तराई भू परिधि कार्यक्रमका क्लष्टर इन्चार्ज देवराज जोशीले कार्यक्रमको परिचय संगै प्रगति विवरण कार्यक्रममा प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा बाणि सव डिभिजन वन कार्यालयका प्रमुख भरत शाहले मानव र बन्यजन्तु द्वन्द्व न्यूनिकरणका लागि अपनाउनु पर्ने प्रयास बारे प्रशिक्षण दिनु भएको थियो । कार्यक्रमको सञ्चालन समन्वय समितिका उपाध्यक्ष निर्मल भट्टले गर्नु भएको थियो । कार्यक्रममा कार्यपालिका सदस्य शान्तीदेवी ऐर, वडा सदस्य राजेश शाही, लाल बहादुर महरा, सामुदायिक वनका पदाधिकारी,उपभोक्ता सञ्चारकर्मी, सुरक्षाकर्मी लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>