Samriddhipost
२०८२ बैशाख ०८ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ मङि्सर २४ गते आइतबार

नेपालललाई असफल राष्ट्र बनाउन राजनीतिक दलहरुले भूमिका खेलिरहेको छ: आर्चाय

संयुक्त राष्ट्र संघका लागि नेपाली र्पूव राजदूत तथा प्राध्यापक डा. जयराज आर्चायले नेपाललाई असफल मुलुक बनाउनमा कर्मचारीतन्त्रले नभई राजनीतिक दलहरुले भुमिका खेलीरहेकाे बताउनुभएकाे छ ।

नवनियुक्त राजपत्राकिंत तृतीय श्रेणी, शाखा अधिकृतहरुको सम्मानमा सेडेप नेपाल (नेम) ले शनिवार काठमाडौंमा आयाजना गरेको र्कायक्रममा बोल्दै प्राध्यापक डा. आर्चायले यस्तो बताउनु भएको हो ।

र्कमचारीतन्त्रमा राजनीतिक दलका विभिन्न संघ, संगठनहरुको प्रभावका कारण कर्मचारीकाे वृर्ति विकासमा समस्या हुने गरेको साथै चाहे जस्तो प्रतिफल दिन नसकेको हुँदा दलका संघ, संगठन खारेज हुनुर्पने आर्चायको भनाई छ ।

डा. आर्चायले जनतालाई छिटो, छरितो र प्रभावकारीरुपमा र्सार्वजनिक सेवा प्रवाह गर्न कुनै दाग नलाग्ने गरी इमान्दारीपूवक र्कतव्यनिष्ठ भएर जनताको सेवामा लाग्न नवनियुक्त शाखा अधिकृतहरुलाई अनुरोध गरे ।

शाखा अधिकृतहरुको तलबमान निकै कम रहेका बताउँदै डा. आर्चायले र्कमचारीतन्त्रको आकार घटाएर भएपनि तलबमान कम्तीमा ६० हजार बनाउनु पर्ने सुझाव दिए ।

सेडेप नेपालले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन, लेखा, राजश्व तथा लेखापरीक्षण सेवा, न्याय सेवा र परराष्ट्र सेवाका नवनियुक्त शाखा अधिकृतहरुलाई सम्मान गरेको हो। सेडेप नेपाल विगत १८ बर्षदेखि सरकारी सेवा प्रवेश गरेकाहरुका लागि सहजीकरण तथा मार्ग निर्देशन गर्दै आएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>