Samriddhipost
२०८२ बैशाख ०८ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ मङि्सर २५ गते सोमबार

उद्याेग ब्यापार महासंघको साधारणसभा चितवनमा हुने, प्रमुख अथिति प्रचण्ड हुने

नेपाल उद्योग व्यापार महासंघको तेस्रो साधारण सभा मंसिर २७ गते विहीबार भरतपुरमा हुने भएको छ ।साधारण सभाको उद्घाटन नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गर्नु हुने भएको छ ।
नेपाल उद्योग व्यापार महासंघका वरिष्ठ उपाध्यक्ष श्याम प्रसाद श्रेष्ठ, उपमहासचिव गिता पनेरु, केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश औद्योगिक ग्रामका अध्यक्ष उदय राम दागीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई आज प्रमुख अथितिको निमन्त्रणा दिनु भएको हो ।

गत कार्तिक २८ गते सम्पन्न उद्योग व्यापार महासंघको बैठकले भरतपुरमा तेस्रो साधारण सभा गर्ने निर्णय गरेको थियो ।
प्रचण्डको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न गर्न व्यापार महासंघले तयारी तीव्र पारेको महासंघका अध्यक्ष खिमलाल भण्डारीले नयाँविश्वलाई बताउनुभयो ।
साधारण सभाको तयारीको लागि बैठकले पदाधिकारीहरुलाई जिम्मेवारी समेत प्रदान गर्नुका साथै विभिन्न उपसमितिहरु पनि निर्माण गरेको छ ।
साधारण सभा भव्य रुपमा मनाउन ७७ जिल्लाका व्यापार संगठनको समितिहरुलाई सक्रिय बनाइएको महासंघका महासचिव खिमलाल पराजुलीले जानकारी दिनुभयो । साधारण सभाअघि मंसिर २६ गते सचिवालयको बैठक पनि रहेको महासंघले जनाएको छ ।
भरतपुर महानगरपालिका ११ मलेवा ब्याङ्केटमा विहान ९ बजे हुने उद्घाटन समारोहमा अर्थमन्त्री विष्णु प्रसाद पौडेल, उद्योग मन्त्री दामोदर भण्डारी, भरतपुर नगरपालिकाका मेयर रेनु दाहाल, अर्थसचिव डा रामप्रसाद घिमिरे, उद्योग सचिव कृष्णबहादुर रावत, पर्यटन सचिव डा. गणेश प्रसाद पाण्डे, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिव राज अधिकारी, कृषि सचिव डा.गोविन्द प्रसाद शर्मा, पशुपच्छि विकास सचिव डा.राजेन्द्र प्रसाद मिश्र, भन्सार विभागका महानिर्देशक हरि शरण पुडासैनी, उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवाली,आन्तरिक राजस्व विभागका महानिर्देशक राम प्रसाद आचार्य, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेल, नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी, लगानी वोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवाली, पर्यटन वोर्डका उपाध्यक्ष कमल प्रसाद सापकोटा, एभरेष्ट चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीर्ज नयाँ दिल्लीका अध्यक्ष युवराज बराल, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेस कुमार अग्रवाल, नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीलगाएतका सहभागिता हुने महासंघका उपाध्यक्ष गोपी अधिकारीले जानकारी दिनुभयो ।
साधारण सभाले भरतपुर महानगरपालिकाको भरतपुर भ्रमण वर्ष २०२४ लाईसमेत टेवा पुर्याउने लक्ष्य लिएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>