Samriddhipost
२०८१ मङि्सर २७ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ मङि्सर २७ गते बिहिबार

नेपाल आउन लागेका पन्चेन लामा काे हुन ?

पञ्चेन लामा ११औं अवतारी गुरु हुन् । दलाई लामाझै तिब्बतमा पञ्चेन लामाको पनि अवतारी घोषणा हुन्छन् । सन् १९९० मा तिब्बतको ल्हरी काउन्टीमा जन्मिएका ग्याञ्चेन नोर्बुलाई चीन सरकारले ११औं अवतारीका रूपमा घोषणा गरेको हो । सन् १९८९ मा १०औं पञ्चेन लामाको अवतारी उपाधि पाएका लोब्साङ थिन्लेको निधन भएको थियो ।

उनको निधनपछि दलाई लामाले घेदुनछयोकी निमालाई ११औं पञ्चेन लामाको रूपमा घोषणा गरेका थिए । सन् १९९५ को मेमा उनलाई दलाई लामाले अवतारीको रूपमा घोषणा गरेका थिए । तर उक्त घोषणाको तेस्रो दिनमै चिनियाँ सरकारले उनलाई अपहरण गरी बेपत्ता बनाएको अमेरिकी पक्षको आरोप छ । हालसम्म उनको अवस्था अज्ञात रहेको बताइएको छ ।  
त्यसपछि चीन सरकारले नोर्बुलाई ११औं पञ्चेन लामा घोषणा गरेको दाबी गरिएको छ । अमेरिकी पक्षले चीनले घोषणा गरेको घेदुनलाई नक्कली पञ्चेन लामा भएको आरोपसमेत लगाएको छ । कतिपयले भने स्वतन्त्र तिब्बत आन्दोलनको क्रममा दलाई लामा निर्वासनमा जाँदा पनि पञ्चेनले देश नछाडेकाले बेइजिङले उनको संरक्षण गरेको दाबी गरिएको छ । नोर्बुका बुवा चिनियाँ कम्युनिस्ट पार्टीका सदस्य थिए । अहिलेका पञ्चेन लामा नेसनल कमिटी अफ दी चाइनिज पोलिटिकल कन्सलटिभ कन्फ्रेन्सका कार्यसमिति सदस्य हुन् । जुन चीनको उच्च सल्लाहकार समिति हो । उनी बुद्धिस्ट एसोसिएसन आफ चाइनाका उपाध्यक्षसमेत हुन् । सन् २०२१ मा उनले तिब्बतीयन बुद्धिजम विषयमा गेलुङ स्कुलबाट विद्यावारिधि उपाधि प्राप्त गरेका थिए । पञ्चेन राष्ट्रपति सी चिनफिङका निकटस्थसमेत मानिन्छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>