Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ मङि्सर २८ गते शुक्रबार

अदालतले छाडे, प्रहरिले पक्राउ गरे

अदालतले धरौटीमा रिहा गर्न आदेश दिएलगत्तै प्रहरीले विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालत परिसरबाटै फेरि पक्राउ गरेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले बिहीबार प्रसाईंलाई ४० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । प्रसाईंले धरौटी बुझाउनेबित्तिकै उनी आदलत परिसरबाट पुनः पक्राउ परेका हुन् ।

अदालतले प्रसाईंलाई साइबर अपराधको मुद्दामा धरौटीमा छाड्न आदेश दिएको थियो । प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालबाट रकम लगेर कम्बोडियामा लगानी गरेको दाबी गरेका थिए ।

झुटा दाबी गरेको आरोपमा प्रसाईंलाई प्रहरीले ४ मंसिरमा पक्राउ गरेको थियो । विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा प्रसाईं पक्राउ परेका थिए ।

भारतीय गुन्डा नाइके लरेन्स विस्नोइको नाममा नेपालका व्यवसायीलाई धम्क्याउने कार्यमा प्रसाईंको संलग्नताबारे छानबिन भइरहेको छ । सो समूहका

नाइके हरिचन्द्र फुयाँल पनि प्रहरी हिरासतमा नै छन् । प्रसाईंको पुनः गिरफ्तारीविरुद्ध उनका समर्थकहरूले अदालत परिसरमा नै नाराबाजीसमेत गरेका थिए ।

धरौटी रकम बुझाएर हात हल्लाउँदै अदालत परिसरमा आइपुगेका उनलाई प्रहरीले पक्राउ गरेका थिए । त्यस क्रममा उनले आफूले तस्करसँग लडाइँ लडिरहेको दाबी गरे ।' यो तस्करसँगको लडाईं हो है, तस्करसँगको', उनले भने ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता होवीन्द्र बोगटीका अनुसार उनीमाथि आपराधिक विश्वासघातको कसुरमा अनुसन्धान चलिरहेको छ । साइबर अपराधको मुद्दामा धरौटीमा छाड्‌ने आदेश आए पनि आपराधिक विश्वासघातको कसुरमा उनी पक्राउ परेका उनले बताए ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>