अदालतले धरौटीमा रिहा गर्न आदेश दिएलगत्तै प्रहरीले विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालत परिसरबाटै फेरि पक्राउ गरेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले बिहीबार प्रसाईंलाई ४० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । प्रसाईंले धरौटी बुझाउनेबित्तिकै उनी आदलत परिसरबाट पुनः पक्राउ परेका हुन् ।
अदालतले प्रसाईंलाई साइबर अपराधको मुद्दामा धरौटीमा छाड्न आदेश दिएको थियो । प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालबाट रकम लगेर कम्बोडियामा लगानी गरेको दाबी गरेका थिए ।
झुटा दाबी गरेको आरोपमा प्रसाईंलाई प्रहरीले ४ मंसिरमा पक्राउ गरेको थियो । विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा प्रसाईं पक्राउ परेका थिए ।
भारतीय गुन्डा नाइके लरेन्स विस्नोइको नाममा नेपालका व्यवसायीलाई धम्क्याउने कार्यमा प्रसाईंको संलग्नताबारे छानबिन भइरहेको छ । सो समूहका
नाइके हरिचन्द्र फुयाँल पनि प्रहरी हिरासतमा नै छन् । प्रसाईंको पुनः गिरफ्तारीविरुद्ध उनका समर्थकहरूले अदालत परिसरमा नै नाराबाजीसमेत गरेका थिए ।
धरौटी रकम बुझाएर हात हल्लाउँदै अदालत परिसरमा आइपुगेका उनलाई प्रहरीले पक्राउ गरेका थिए । त्यस क्रममा उनले आफूले तस्करसँग लडाइँ लडिरहेको दाबी गरे ।' यो तस्करसँगको लडाईं हो है, तस्करसँगको', उनले भने ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता होवीन्द्र बोगटीका अनुसार उनीमाथि आपराधिक विश्वासघातको कसुरमा अनुसन्धान चलिरहेको छ । साइबर अपराधको मुद्दामा धरौटीमा छाड्ने आदेश आए पनि आपराधिक विश्वासघातको कसुरमा उनी पक्राउ परेका उनले बताए ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया