भ्रष्टाचार मुद्दा मिलाईदिनुप¥यो भन्दै नगदै रकम बोकेर अख्तियार कार्यालय पुगेका एक गाँउपालिका हाकिम अख्तियारको फन्दामा परेका छन ।
शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुर पुगेको नुवाकोटको किस्पाङ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत धुर्व प्रसाद सापकोटालाई अख्तियारकै फन्दामा परेका हुन । उनी नगद एक लाख रुपैयाँ घुससहित पक्राउ परेको अख्तियारले जनाएको छ ।
सापकोटा यसअघि अछामको मेल्लेख गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा मेसिनरी सामान खरिदमा अनियमितताको विषयमा अनुसन्धान भइरहेकोमा शुक्रबार अनुसन्धानमा रहेको विषयसँग सम्बन्धित कागजात बुझाउन भनिएको थियो । उनले कागजातसहित एक खाम बुझाए । जसमा एक हजार रुपैयाँ दरका ९६ र पाँच सय दरका ८ वटा नोट गरी एक लाख रुपैयाँ थियो ।
अनुसन्धान अधिकृतले के हो यो भनेर सोध्दा उनले ‘मुद्दा मिलाईदिन तपाईंको लागि नै स्वेच्छाले ल्याएको हो भनी भनेको’ अख्तियार केन्द्रीय कार्यालयद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ । तत्कालै अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ । यसरी आफ्नै बिरुद्धमा परेको मुद्दा मिलाईदिनुप¥यो भन्दै नगर्दै रकम लिएर शाखा अधिकृत जस्तो जिम्मेबार कर्मचारीले अख्तियार कार्यालय भित्रै रकम दिएर मुद्दा प्रभावितले सुशासनमा प्रशन उब्जाएको छ । के यसरी नै भ्रष्टाचार मुद्दामा सबै कर्मचारी यसरी पैशा, शक्तिको भरमा अख्तियार जान्छन कि भन्ने नागरिकमा शंका उब्जाएको छ, यद्यपी कर्मचारी भने पक्राउ परिसकेका छन । घुस लेनदेन रोक्ने निकायमा यसरी खुलेयाम घुस दिन खोज्ने घटनाले भ्रंष्टाचार न्यूनिकरणमा थप चिन्ता व्यक्त गरेको छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया